क्यान महासंघ बाँके शाखाको २२ समित र २७ वार्षिक कार्ययोजना तय गर्दै बैठक सम्पन्न

क्यान महासंघ बाँके शाखाको वार्षिक कार्ययोजना निर्माण गर्न आज एक विशेष बैठक सम्पन्न भएको छ। बैठक श्री यज्ञ राज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा क्यान महासंघका पदाधिकारी, सदस्यहरू, र आमन्त्रित अतिथिहरूको उपस्थितिमा संस्थाको आगामी 2081/082 को  लागि विभिन्न समिति र उपसमिति गठन गर्ने निर्णय गरिएको छ।





बैठकमा संस्थाको आगामी वार्षिक गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि विभिन्न २२ वटा समिति र उपसमिति गठन गरिएको छ। यी समितिहरूले संस्थाको विविध गतिविधिहरूलाई योजनाबद्ध तरिकाले कार्यान्वयन गर्नेछन्।

प्रमुख निर्णयहरू

समिति गठन:

नयाँ कार्यसमितिको उपस्थितिमा २२ वटा समिति र उपसमिति गठन गरियो। प्रत्येक समितिमा ३ देखि ५ जना सदस्य रहने गरी संयोजक तोकिएको छ। समितिहरूले आफ्नो कार्यक्षेत्रभित्रका गतिविधिहरू १५ दिनभित्र कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्नेछन्।

1. थिंक ट्याङ्क समिति (Think Tank Committee)

2. ई-गभर्नेन्स समिति (E-Governance Committee)

3. आईसीटी शिक्षा, सीप र तालिम समिति (ICT Education Skill and Training Committee)

4. कोष व्यवस्थापन समिति (Fund Raising Committee)

5. सदस्यता विस्तार समिति (Membership Extension Committee)

6. जिल्ला सामाजिक क्रियाकलाप समिति (District Social Activities Committee)

7. साइबर सुरक्षा र साइबर कानुन समिति (Cyber Security and Cyber Law Committee)

8. महिला आईसीटी समिति (Women in ICT Committee)

9. ई-स्वास्थ्य तथा  शिक्षा समिति (E-Health & Education Committee)

10. कार्यक्रम तथा आयोजन विकास समिति (Event and Project Development Committee)

11. युवाहरूको सशक्तिकरणका समिति (ICT for Youth Empowerment Committee)

12. मिडिया कभरेज र समन्वय समिति (Media Coverage and Coordination Committee)

13. खेलकुद र मनोरञ्जन समिति (Sports and Entertainment Committee)

14. नेटवर्क तथा  सुरक्षा समिति (Network and Surveillance Committee

15. आईसीटी हार्डवेयर समिति (ICT Hardware Committee)

16. डिजिटल मुद्रण र प्रेस समिति (Digital Printing and Press Committee)

17. प्राविधिक समन्वय समिति (Technical Coordination Committee)

18. संस्था समन्वय समिति (Institute Coordination Committee)

19. अनुसन्धान र विकास समिति (Research and Development Committee)

20. सफ्टवेयर र डिजिटल रूपान्तरण समिति (Software and Digital Transformation Committee)

21. आईसीटी स्टार्टअप र नवप्रवर्तन समिति (ICT Startup and Innovation Committee)

22. नेटवर्क र इन्टरनेट सेवा प्रदायक समिति (Network and ISP Committee) 

समितिहरूको संयोजक तथा गर्न सक्ने कार्यक्षेत्रगत कार्यादेश

१. थिंक ट्याङ्क समिति (Think Tank Committee)

संयोजक: ईस्वर प्रसाद पौडेल 

TOR : नीति अनुसन्धान र विश्लेषण, रणनीतिक योजना निर्माण, चिन्तन कार्यशाला र मन्थन, चुनौती पहिचान र समाधान प्रस्ताव, सहमति निर्माण

२. ई-गभर्नेन्स समिति (E-Governance Committee)

संयोजक: रमेश बि  सी 

TOR : सरकारी निकायहरूसँग सहकार्यमा डिजिटल administration कार्यशाला, ई-गभर्नेन्सको विकास गर्न कार्यशाला, स्थानीय तहमा सेवा प्रवाहको डिजिटाइजेसन

३. आईसीटी शिक्षा, सीप र तालिम समिति (ICT Education Skill and Training Committee)

संयोजक: अंकित श्रीवास्तब 

TOR : विद्यार्थी र युवाहरूका लागि कोडिङ, वेब विकास, र डेटा एनालिटिक्स तालिम, शिक्षकहरूका लागि डिजिटल शिक्षा तथा  तालिम, डिजिटल साक्षरताका लागि समुदायस्तरमा कार्यशाला।

४. कोष व्यवस्थापन समिति (Fund Raising Committee)

संयोजक: रेमन्त बहादुर खत्री  

TOR : कर्पोरेट साझेदारी र प्रायोजनदाताहरू खोज्ने कार्यक्रम, IT कार्यक्रम आयोजना गरी प्रायोजक (Sponsor) संकलन।

५. सदस्यता विस्तार समिति (Membership Extension Committee)

संयोजक: ओस्कर थापा गाहा 

TOR : सदस्यता अभियानहरू (कलेज र व्यवसाय क्षेत्रमा), नयाँ सदस्यहरूको लागि परिचयात्मक बैठक, सदस्यहरूलाई विशेष छुट र सेवाहरू प्रदान गर्ने योजना।

६. जिल्ला सामाजिक क्रियाकलाप समिति (District Social Activities Committee)

संयोजक: उत्तम क्षेत्री 

TOR : ICT आधारित सामाजिक सचेतना अभियान (शिक्षा, स्वास्थ्य), ग्रामीण क्षेत्रमा प्रविधि पहुँच विस्तार, रक्तदान  तथा सामाजिक कार्यमा सहभागिता 

७. साइबर सुरक्षा र साइबर कानुन समिति (Cyber Security and Cyber Law Committee)

संयोजक: ब्रह्मराज जोशी 

TOR : साइबर सुरक्षा सचेतना कार्यक्रम, स्थानीय निकायलाई साइबर अपराध नियन्त्रणमा तालिम, साइबर कानुनबारे परामर्श र प्रशिक्षण।

८. महिला आईसीटी समिति (Women in ICT Committee)

संयोजक: जीता कुमारी रावत 

TOR : महिलाहरूका लागि विशेष डिजिटल Training कोडिङ कक्षा, "महिलाहरू र प्रविधि" सम्मेलन, बालिका र महिलाहरूलाई डिजिटल सीप प्रदान गर्ने परियोजना।

९. ई-स्वास्थ्य/शिक्षा  समिति (E-Health & Education Committee)

संयोजक: महेश चौधरी 

TOR : ग्रामीण क्षेत्रमा डिजिटल शिक्षा, टेलिमेडिसिन सेवा विस्तार, स्वास्थ्यकर्मीका लागि ई-हेल्थ समाधान तालिम, स्वास्थ्यमा डेटा व्यवस्थापन र विश्लेषण तालिम।

१०. कार्यक्रम तथा आयोजन विकास समिति (Event and Project Development Committee)

संयोजक: शिशिर नारायण श्रेष्ठ 

TOR : वार्षिक ICT Day  उत्सव, क्यान महासंघका लागि दीर्घकालीन परियोजना विकास, कार्यक्रम व्यवस्थापनका लागि डिजिटल उपकरण परिचय र प्रयोग ।

११. युवाहरूको सशक्तिकरणका समिति (ICT for Youth Empowerment Committee)

संयोजक: निशान्त शाक्य 

TOR : युवा उद्यमशीलताका लागि तालिम, डिजिटल करियर गाइड, नवप्रवर्तन र स्टार्टअपका लागि आइडिया पिच कार्यक्रम।

१२. मिडिया कभरेज र समन्वय समिति (Media Coverage and Coordination Committee)

संयोजक: रमेश क्षेत्री 

TOR : क्यान महासंघका गतिविधिहरूको प्रचार, डिजिटल मिडिया साझेदारी, IT विषयमा स्थानीय पत्रपत्रिका र अनलाइन मिडियामा लेख प्रकाशन।

१३. खेलकुद र मनोरञ्जन समिति (Sports and Entertainment Committee)

संयोजक: आनन्द सोनी 

TOR : IT क्षेत्रका पेशाकर्मीका लागि खेलकुद प्रतियोगिता, वार्षिक वनभोज र मनोरञ्जन कार्यक्रम, ई-गेमिङ र ई-स्पोर्ट्स प्रतियोगिता।

१४. नेटवर्क तथ सुरक्षा समिति (Network and Surveillance Committee)

संयोजक: बिष्णु प्रसाद कड़ेल 

TOR : स्थानीय नेटवर्क सुरक्षाको अनुगमन कार्यक्रम, सामुदायिक वाईफाई परियोजना, CCTV र निगरानी उपकरणहरूको तालिम 

१५. आईसीटी हार्डवेयर समिति (ICT Hardware Committee)

संयोजक: खेम ओली 

TOR : पुराना हार्डवेयर मर्मत र पुन: प्रयोग परियोजना, हार्डवेयर कन्फिगरेसन तालिम, ग्रामीण विद्यालयहरूलाई कम्प्युटर तालीम तथा पर्दाशन।

१६. डिजिटल मुद्रण र प्रेस समिति (Digital Printing and Press Committee)

संयोजक: अमर बहादुर महतारा 

TOR : डिजिटल प्रिन्टिंग र डिजाइन तालिम, डिजिटल प्रेस प्रविधिको परिचय, स्थानीय व्यवसायहरूलाई डिजिटल प्रिन्टिङ सेवा।

१७. प्राविधिक समन्वय समिति (Technical Coordination Committee)

संयोजक: दीपक कुमार खडका 

TOR : क्यान महासंघको प्राविधिक व्यवस्थापन, IT उपकरण खरिद र व्यवस्थापनमा सहयोग, तालिममा प्राविधिक सहजीकरण।

१८. संस्था समन्वय समिति (Institute Coordination Committee)

संयोजक: अंकित श्रीवास्तव 

TOR : शैक्षिक संस्थाहरूसँग सहकार्यमा ICT क्लब स्थापना, विश्वविद्यालय र कलेजका विद्यार्थीहरूका लागि प्राविधिक कार्यक्रम, शैक्षिक संस्थाहरूको  पाठ्यक्रम सुधारमा मूल्य निर्धारण तथा अन्तरक्रिर्या  कार्यक्रम।

१९. अनुसन्धान र विकास समिति (Research and Development Committee)

संयोजक: चतुर्भूज भट्ट 

TOR : IT क्षेत्रमा नवीन प्राविधिको अनुसन्धान, सूचना प्रविधि क्षेत्रले पारेको प्रभाबको अनुसन्धान, स्थानीय स्तरमा प्रविधिको प्रयोगबारे अध्ययन।

२०. सफ्टवेयर र डिजिटल रूपान्तरण समिति (Software and Digital Transformation Committee)

संयोजक: रमेश क्षेत्री 

TOR : स्थानीय व्यवसायहरूको लागि सफ्टवेयर Solution, डिजिटल रूपान्तरणमा  कार्यक्रम विकास, ई-गभर्नेन्स सफ्टवेयरको परामर्श, अन्तरक्रिर्या तथा अबोलोकन ।

२१. आईसीटी स्टार्टअप र नवप्रवर्तन समिति (ICT Startup and Innovation Committee)

संयोजक: उमेश शर्मा 

TOR : नवप्रवर्तकहरूलाई सहकार्य, स्टार्टअपहरूको लागि इन्क्यूबेसन हब निर्माण, स्थानीय नवप्रवर्तकहरूलाई अन्तर्राष्ट्रिय मंचमा पुर्‍याउने कार्यक्रम संचालन ।

२२. नेटवर्क र इन्टरनेट सेवा प्रदायक समिति (Network and ISP Committee)

संयोजक: भानुभक्त रेग्मी 

TOR : ISP कम्पनीहरूसँग सहकार्यमा ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार, नेटवर्क मर्मत तालिम, ISP समस्याहरू समाधान गर्न ग्राहक सचेतना कार्यक्रम।


वार्षिक कार्ययोजना:

आगामी वर्षका लागि २7 बुँदामा आधारित वार्षिक कार्ययोजना पारित गरियो। यसमा डिजिटल साक्षरताका कार्यक्रम, तालिम तथा कार्यशाला, व्यवसायिक सम्मेलन, ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच विस्तार, र सदस्यता विस्तार जस्ता विषयहरू प्राथमिकतामा राखिएको छ।

1. क्यान कार्यालय व्यवस्थापन

2. तालिम र कार्यशाला (Training and Workshop)

3. व्यवसायिक सम्मेलन (Business Summit)

4. डिजिटल सम्मेलन (Digital Summit)

5. छात्रवृत्ति कार्यक्रम (Scholarship Program)

6. विकासका लागी  डिजिटल रूपान्तरणका (Digital Transformation For Development)

7. जनचेतना कार्यक्रम (Awareness Program)

8. ICT क्लब स्थापना (ICT Club)

9. सदस्यता विस्तार (Membership Extension)

10. डिजिटल मार्केटिङ र वेबमा ICT को सम्भावनाहरू Digital Marketing and ICT in Web

11. वनभोज कार्यक्रम (Picnic Program)

12. आइडिया पिच प्रतियोगिता (Idea Pitch)

13. अनलाइन प्रतियोगिता (Online Competitions)

14. वार्षिक डिजिटल पत्रिका प्रकाशन (Annual Digital Magazine Publication)

15. कम्प्युटर सुधार शिविर (Computer Repair Camp)

16. IT करियर परामर्श कार्यक्रम (IT Career Counseling Program)

17. युवा नवप्रवर्तन पुरस्कार (Youth Innovation Award)

18. प्राविधिक प्रदर्शनी (Tech Exhibition)

19. स्थानीय सरकारसँग सहकार्य (Collaboration with Local Government)

20. ग्रामीण क्षेत्रमा डिजिटल साक्षरता अभियान (Digital Literacy Campaign in Rural Areas)

21. साइबर अपराध न्यूनीकरण अभियान (Cyber Crime Awareness Campaign)

22. महिला सशक्तिकरण ICT कार्यक्रम (Women Empowerment through ICT)

23. सेमिनार र प्राविधिक छलफल (Seminars and Technical Discussions)

24. वार्षिक उत्कृष्टता अवार्ड (Annual Excellence Award)

25. ग्रामीण विद्यालय कम्प्युटर शिक्षा (Computer Education in Rural Schools)

26. प्राविधिक समस्या समाधान हेल्पडेस्क (Technical Support Helpdesk)

27. महिला र युवा सशक्तिकरण कार्यक्रम (Women and Youth Empowerment Programs)

वार्षिक कार्ययोजना तथा गर्न सक्ने कार्यक्षेत्रगत कार्यादेश

१. क्यान कार्यालय व्यवस्थापन

संयोजक: रेमन्त बहादुर खत्री 

TOR : कार्यालयको प्रभावकारी सञ्चालनका लागि नयाँ उपकरणहरूको व्यवस्था, प्रशासनिक प्रक्रियाहरूको डिजिटाइजेसन, कार्यालय व्यवस्थापनमा नियमित अनुगमन र समन्वय।

२. तालिम र कार्यशाला (Training and Workshop)

संयोजक: ओस्कर थापा गाहा 

TOR : IT स्किल विकासका लागि तालिम र कार्यशालाहरू, स्कूल, कलेज, र व्यवसायिक संघहरूको सहभागितामा कार्यक्रम, डिजिटल मार्केटिङ, वेब विकास, साइबर सुरक्षा, र अन्य आधुनिक विषयहरूमा विशेष तालिम।

३. व्यवसायिक सम्मेलन (Business Summit)

संयोजक: रेमान्त बहादुर खत्री 

TOR : स्थानीय व्यवसायहरूको लागि प्रविधि प्रयोगबारे मार्गदर्शन, उद्यमशीलता विकास र नवीनता प्रवर्द्धन गर्ने कार्यक्रम, व्यवसाय र आईटी सेवाहरूबीचको सहकार्य विस्तार कार्यक्रम।

४. डिजिटल सम्मेलन (Digital Summit)

संयोजक: बिष्णु प्रसाद कंडेल 

TOR : नवीन प्रविधिहरूमा छलफल गर्न क्षेत्रीय सम्मेलन, प्रविधि विज्ञ, स्थानीय सरकार र नवप्रवर्तकहरूको सहभागिता, डिजिटल रूपान्तरणका सफल केस स्टडीहरूको प्रस्तुति।

५. छात्रवृत्ति कार्यक्रम (Scholarship Program)

संयोजक: निशान शाक्य 

TOR : प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको लागि छात्रवृत्ति, ICT सम्बन्धित पाठ्यक्रमहरूमा प्रोत्साहन, आर्थिक अवस्था कमजोर विद्यार्थीहरूलाई प्राथमिकता, “एक वडा एक ICT प्राविधिक निर्माण” स्थानीय तहको सहकार्यमा तालीम संचालन 

६. विकास लागी डिजिटल रूपान्तरणका (Digital Transformation For Development)

संयोजक: यज्ञ राज जोशी 

TOR : स्थानीय सरकारी निकायहरूसँग सहकार्य, डिजिटल सेवा र ई-गभर्नेन्स प्रवर्द्धनका कार्यक्रमहरू, ग्रामीण क्षेत्रमा डिजिटल साक्षरताको विकास।

७. जनचेतना कार्यक्रम (Awareness Program)

संयोजक: यज्ञ राज जोशी 

TOR : साइबर सुरक्षा, गोपनीयता, र अनलाइन सुरक्षित व्यवहारबारे सचेतना, सामाजिक सञ्जालको सही उपयोगबारे जनचेतना अभियान, डिजिटल उपकरणको जिम्मेवार प्रयोगबारे जानकारी।

८. ICT क्लबहरूको स्थापना

संयोजक: अंकित श्रीवास्तव 

TOR : विद्यालय र कलेजमा ICT क्लबहरू स्थापना, क्लबमार्फत प्राविधिक गतिविधि आयोजना, ICT स्किलहरूमा नियमित सत्रहरूको सञ्चालन।

९. सदस्यता विस्तार (Membership Extension)

संयोजक: ओस्कर थापा गाहा 

TOR : संस्थामा नयाँ सदस्यहरूको संख्या वृद्धि, सदस्य-सदस्यहरूबीच अन्तरक्रिर्या  कार्यक्रम संचालन, सदस्यहरूको लागि विशेष सुविधाहरूको घोषणा।

१०. डिजिटल मार्केटिङ र वेबमा ICT को सम्भावनाहरू

संयोजक: अंकित श्रीवास्तव 

TOR : स्थानीय व्यवसायहरूको डिजिटल प्रवर्द्धनको सम्भावनाबारे कार्यशाला, डिजिटल मार्केटिङ र ई-कमर्स प्लेटफर्महरूको उपयोग बारे कार्यक्रम तथा तालीम , व्यवसायहरूको लागि डिजिटल प्राविधिको आवश्यकता, प्रयोग र व्यवस्थापन।

११. वनभोज कार्यक्रम (Picnic Program)

संयोजक: आनन्द सोनी 

TOR : सदस्यहरूबीच सहकार्य र आत्मीयता बढाउने उद्देश्य, मनोरञ्जनात्मक गतिविधिहरूको आयोजना, वार्षिक उपलब्धिहरूको समीक्षा कार्यक्रम।

१२. आइडिया पिच प्रतियोगिता (Idea Pitch)

संयोजक: निशान्त शाक्य 

TOR : नवप्रवर्तन र उद्यमशीलतामा आधारित प्रतियोगिता, विद्यार्थी र युवा उद्यमीहरूको लागि मंच उपलब्ध गराउने, उत्कृष्ट आइडियालाई प्रोत्साहन र सहयोग।

13. अनलाइन प्रतियोगिता (Online Competitions)

संयोजक: अंकित श्रीवास्तव 

TOR : अनलाइन आधारित फोटो सम्पादन, भिडियो सम्पादन, र गेमिङ प्रतियोगिताहरू, प्रतिभाशाली युवाहरूलाई सम्मान र प्रोत्साहन।

14. वार्षिक डिजिटल पत्रिका प्रकाशन (Annual Digital Magazine Publication)

संयोजक: बिष्णु प्रसाद कंडेल 

TOR : संस्थाको गतिविधिहरू र प्राविधिक विकासबारे जानकारी दिने डिजिटल पत्रिका, सदस्यहरूको लेख, अनुसन्धान, र नवप्रवर्तनहरूको प्रकाशन।

15. कम्प्युटर सुधार शिविर (Computer Repair Camp)

संयोजक: उत्तम क्षेत्री 

TOR : पुराना कम्प्युटरहरूको मर्मत र पुन: उपयोग योग्य बनाउने कार्यक्रम, ग्रामीण विद्यालयहरूलाई निःशुल्क कम्प्युटर वितरण।

16. IT करियर परामर्श कार्यक्रम (IT Career Counseling Program)

संयोजक: महेश चौधरी 

TOR : कलेजका विद्यार्थीहरूलाई IT क्षेत्रमा करियर निर्माणबारे जानकारी, विशेषज्ञहरूसँग अन्तरक्रिया।

17. युवा नवप्रवर्तन पुरस्कार (Youth Innovation Award)

संयोजक: सचिवालय 

TOR : ICT क्षेत्रमा उत्कृष्ट योगदान गर्ने युवाहरूलाई सम्मान, आविष्कार र स्टार्टअपहरूको मान्यता।

18. प्राविधिक प्रदर्शनी (Tech Exhibition)

संयोजक: यज्ञ राज जोशी 

TOR : स्थानीय र क्षेत्रीय स्तरमा आइटी प्रदर्शनी, हार्डवेयर र सफ्टवेयर कम्पनीहरूको सहभागितामा नयाँ प्रविधिहरूको प्रदर्शन।

19. स्थानीय सरकारसँग सहकार्य (Collaboration with Local Government)

संयोजक: रमेश क्षेत्री 

TOR : ई-गभर्नेन्समा सहयोग गर्न विभिन्न कार्यशालाहरू, डिजिटल सेवा प्रवाह सुधारका लागि प्राविधिक सल्लाह।

२०. ग्रामीण क्षेत्रमा डिजिटल साक्षरता अभियान (Digital Literacy Campaign in Rural Areas)

संयोजक: रमेश क्षेत्री 

TOR : ग्रामीण समुदायलाई आधारभूत ICT सीपमा प्रशिक्षित गर्ने, मोबाइल, कम्प्युटर, र इन्टरनेटको सुरक्षित र प्रभावकारी प्रयोगबारे सचेतना।

२१. साइबर अपराध न्यूनीकरण अभियान (Cyber Crime Awareness Campaign)

संयोजक: ब्रह्म राज जोशी 

TOR : साइबर अपराधका खतराहरूबारे जानकारी दिन समुदायस्तरमा कार्यक्रम, साइबर सुरक्षा र गोपनीयताबारे सचेतना अभिवृद्धि।

२२. महिला सशक्तिकरण ICT कार्यक्रम (Women Empowerment through ICT)

संयोजक: जीता कुमारी रावत 

TOR : महिलाहरूलाई प्राविधिक तालिम प्रदान, ICT क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउने।

२३. सेमिनार र प्राविधिक छलफल (Seminars and Technical Discussions)

संयोजक: ओस्कर थापा गाहा 

TOR : प्रविधिका नयाँ विकास र प्रयोगबारे सेमिनार, प्राविधिक विज्ञ र उद्यमीहरूसँग नियमित छलफल।

२४. वार्षिक उत्कृष्टता अवार्ड (Annual Excellence Award)

संयोजक: सचिवालय 

TOR : संस्थाका उत्कृष्ट सदस्यहरूलाई सम्मान, नवप्रवर्तनशील परियोजनाहरूलाई पुरस्कृत।

२५. ग्रामीण विद्यालय कम्प्युटर शिक्षा (Computer Education in Rural Schools)

संयोजक: महेश चौधरी 

TOR : ग्रामीण विद्यालयहरूमा कम्प्युटर शिक्षा लागू गर्न उपकरण वितरण, ICT शिक्षामा प्रशिक्षकहरू प्रदान।

२६. प्राविधिक समस्या समाधान हेल्पडेस्क (Technical Support Helpdesk)

संयोजक: सचिवालय 

TOR : ICT सम्बन्धी समस्या समाधानका लागि हेल्पडेस्क सेवा, स्थानीय समुदायलाई प्रविधि उपयोगमा सहयोग।

२7. महिला र युवा सशक्तिकरण कार्यक्रम (Women and Youth Empowerment Programs)

संयोजक: रोशनी पौडेल 

TOR : स्थानीय महिलाहरू र युवाहरूलाई ICT सम्बन्धी रोजगारमूलक तालिम, डिजिटल व्यवसाय सञ्चालन गर्न सघाउने।

कार्यक्रममा प्रमुख अतिथि क्यान महासंघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष भोजराज तिमिल्सैना, बिशिष्ठ अतिथि पूर्व अध्यक्ष रमणी प्रसाद शर्मा नवनिर्वाचित कार्यसमिति (अध्यक्ष श्री यज्ञ राज जोशी, उपाध्यक्ष ओस्कर थापा गाहा, निवर्तमान अध्यक्ष श्री शिशिर नारायण श्रेष्ठ, सचिव श्री रमेश क्षेत्री, सहसाचिब बिष्णु प्रसाद कंडेल, कोषाध्यक्ष रेमन्त बहादुर खत्री,  सदस्य हरु  निशान्त कुमार शाक्य, दिनानथ सोनी,  उत्तम बहादुर क्षेत्री, अमर महतारा, अंकित श्रीवास्तव) खेम ओली लगायतका सदस्यहरूको सक्रिय उपस्थिति थियो। साथै, उक्त कार्यक्रममा क्यान सूचना प्रविधि पर्दशनी CAN INFOTECH 2025 संचालन र व्यवस्थापन विषयमा र अन्य विविध विषयमा  निर्णय गरिएको क्यान महासंघ बाँकेका सचिब रमेश क्षेत्री ले जानकारी बताएका छन् ।

Post a Comment

Previous Post Next Post