माघ ६ गते बिहीबार , कोहलपुर
अन्जु न्यौपानेको “लुकेको वासना” पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।बाँकेको कोहलपुरमा आयोजना भएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको हिजो बुधबार अन्जु न्यौपानेको पुस्तक ‘लुकेको वासना’ विमोचन तथा परिचर्चा कार्यक्रम गरिएको थियोे ।
प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ट साहित्यकार सनत रेग्मी प्रमुख आथितिमा कार्यक्रम सुरु भएको थियोे ।प्रमुख अतिथी रेग्मीले मन्तव्य राख्दै भनेका छन मन भित्र कुण्ठित पारेर राखेका कुराहरु तथा महिलाहरुको मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्ने छ र अप्ठ्यारा बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित भएको बताए । महिलाहरुको जीवन पद्धतिको रोचक वर्णनले पुस्तकले जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ ज्ञान समेत पस्किएको छ भन्दै आफ्नो मन्तव्य राखेका थिए ।
Post a Comment