कोरोना महामारीको बीच मनाइएको वसन्त पञ्चमी पर्व अर्थात सरस्वती पूजाको अवसरमा यसवर्ष पनि दर्शनार्थीको संख्यामा कमि आएको देखिएन। वसन्त पञ्चमी पर्वलाई तिब्बती बज्रयानी तथा हिनयानी बौद्ध सम्प्रदायले मञ्जुश्री आजको दिन नेपाल प्रवेश गरेको दिनको रुपमा मान्ने गर्छन् भने हिन्दु धर्मका अनुयायीहरु आजको दिनलाई देवी सरस्वतीको पूजाअर्चना गरी मनाउने गर्दछन।
आजको दिन राष्ट्रपति हनुमानढोका राजदरबार सवारी भइ बसन्त श्रवण गर्ने प्रचलन रहँदै आएको छ। गणतन्त्र स्थापना हुनुभन्दा अगाडि राजा स्वयं उपस्थित हुने परम्परा थियोे। वसन्त पञ्चमी अर्थात श्री पञ्चमी पर्वको नामले पनि प्रसिद्ध आजको दिन देशभर रहेका विभिन्न विद्यालयहरु लगायत विभिन्न बौद्ध गुम्बाहरुमा शिक्षा आरम्भ गर्ने परम्परा छ।
आजको दिन पढेमा सधैंभरि पढ्नमा मन जाने समेत जनविश्वास रहँदै आएको छ। आजको दिन राजधानी काठमाडौं वरपरका विभिन्न बहाल र महाविहारहरुमा स्थानीय बज्रयानी बौद्ध परम्परा अनुसार बौद्ध स्तोत्र पाठ गर्ने मञ्जुश्री चर्या गाउने चलन समेत छ।
Post a Comment