धनन्जय रिजाल, सुर्खेत
स्थानीय चुनावको मिति नजिकिएसंगै पार्टीका नेता तथा कार्यकर्ता गाउँगाउँमा, कोही नेता कार्यकर्ताहरु भने चोकचौतारा र चिया पसलमै गफ्फिँदै, कोही नेताहरु उम्मेदवारको टिकटको दौडाहमा
देशभर स्थानीय निर्वाचनको मिति बैशाख ३० गतेका लागि तोकिएसंगै स्थानीय तहका वडा तथा गाउँमा विभिन्न राजनितीक पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावी माहोलमा खटिन थालेका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओबादी, एकिकृत समाजबादी र राप्रपा लगायतका नेता तथा कार्याकर्ताहरु गाउँगाउँमा पुगेर आफ्नो पार्टीको पक्षमा मत माग्न जुटिसकेका जनाईएको छ ।
अबको स्थानीय चुनावमा सबै पार्टीका नेताहरु मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका लागि आफ्नो पनि उम्मेदवारी दाबी गर्दै नेतासंग भेट गर्न पनि थालिसकेका छन् । नेताहरु आफ्ना लागि उम्मेदवारी टिकटको लविङ गर्न ठुला नेताहरुसंगको भेटघाटको दौडाहमा रहेका छन् ।
कोही चोक चौतारा, चिया पसल र गाउँघरमा आफ्नो उम्मेदवारीको दाबी गर्दै चुनावी अभियानमा लागेका स्थानीयको भनाई छ । चुनावको मिति नजिकिएसंगै केही राजनितिक दलका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीको पक्षमा मत खसाल्न गाउँगाउँका टोल तथा घरदैलोमा पुगि मतका लागि अनुरोध गरिरहेका छन् ।
केही राजनितिक दलका नेता तथा कार्यकर्ताहरु भने उम्मेदवारको नाम नआउन्जेलसम्मका लागि भन्दै अाफ्नाे क्षेत्रका चिया पसलमा बसेर गफ्फिन थालेका छन् ।
image source THE KATHMANDU POST |
हरेक पटकको चुनावमा आश्वासन मात्रै बाँड्दै मत माग्न आउने नेताहरुको झुटो बोलीले स्थानीय बासीन्दाहरु आक्रोशित भएका छन् । पार्टी भन्दा पनि सक्षम व्यक्तिको खोजीमा रहेकाले सक्षम र सबैको साझा काम गर्ने उम्मेदवारलाई यसपटक मत खसाल्ने स्थानीय मतदाताको भनाई छ ।
Post a Comment