पोखरा विश्वविद्यालयको १७ औं दिक्षान्त समारोह मिति २०७८-१२-१३ का दिन होटल स्टारलाइट मा अल्पाइन म्यानेजमेन्ट कलेजले सम्पन्न गरेको छ । सो समारोहको सुभारम्भ समारोहका सभापति तथा कलेजका अध्यक्ष ई. किरण बहादुर शाह ज्यु बाट पानसमा दिप प्रजोलन गरी गरिएको थियो । सो समारोहको संचालन श्रीमति प्रतिक्षा गौतम तथा श्री सुशिल नेपालीले गर्नुभएको थियो । सो समारोमा कलेजका प्राचार्य श्री केशव प्रशाद पथिकज्यु ले अतिथिहरुलाइ खांदाओडाई उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व डिन डा. गोविन्द लामिछानेले सहभागी ३६ विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने डिन लिष्ट मा परेका विद्यार्थीहरु फरीन फातिमा हल्वाई, जग्दिश्वरी शाह, माया सुनार, पिलाडेल रत्नचक्मालाई ई. श्री किरण बहादुर शाहले कलेजको तर्फबाट कदर पत्र प्रदान गर्नुभएको थियो । समारोहमा उपस्थित सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुलाई प्रा. डा. बेदराज के.सी ज्यु बाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
Post a Comment