खजुरा गापा वडानं ४ मा मनोज विस्वकर्माको क्रेज निकै बढ्दो रहेको छ !पछिल्लो समय युवा पुस्ताका ढुकढुकी समेत रहेका मनोजले युवाहरुका भलाई र उन्नति प्रगतिका लागि विभिन्न किसिम का क्रियाकलाप गर्दै आईरहेकाछन !राष्ट्रिय युवा संघ बाँके का उपाध्यक्ष समेत रहेका उनको बाँकेका थुप्रै प्रकारका युवालक्षित कार्यक्रममा सहभागीता रहेको हुन्छ
आसन्न स्थानिय चुनाब मा आफुले पनि उम्मेदवारी दिने संकेत गरेका उनको युवा पुस्ता देखि सबै जनतामा राम्रो क्रेज रहेको छ ! बिगत लामो समय देखि युवा संघमा राजनीति गर्दै आईरहेका मनोजको युवाहरु मात्र नभैइ समाजका नजर मा पर्न सफल भएका छन !दयालु ,समाजसेवी, तथा निडर स्वभावका उनी युवाहरुका समस्या सामाधान गर्न निरन्तर खटिरहेका हुन्छन!
राज्यका हरेक निति निर्माण र कानुन निर्माण प्रक्रियामा युवाहरुको विशेष भुमिका हुनुपर्ने र युवाहरुले जोश जागर सहित कुशल भुमिका निभाउन सक्दछन !त्यसैले आउदो स्थानीय चुनाबमा आफुले पनि जनताको सेवक बनेर सेवा गर्ने संकेत गरेका छन !अब को सम्पुर्ण जिम्मेवार युवा पुस्ताको हुनुपर्छ !युवाहरु भनेका देशका सक्षम र कर्मठ ब्यक्तिहरु हुन ! आसन्न स्थानीय चुनाब मा युवालक्षित नीति तथा कार्यक्रम ल्याईनुपर्छ,युवाहरुको कुशल नेतृत्वलाई प्रोत्साहन गर्न सक्नु पर्छ र अबसर दिए कुशल कार्य सम्पादन गर्न सक्ने भन्दै नेतृत्व पंक्तिलाई आग्रह समेत गरेका छन !
खजुरा गाउपालिका वडा नं ४ मा मनोज विस्वकर्मा युवाहरुको आशा भरोसाका का रुपमा चिनिन्छन !परेको बेला जतिबेला जस्तो सुकै कठिन परिस्थितिमा पनि सहयोग गर्न सक्ने उनको निकै लोभलाग्दो क्रेज रहेको छ !
साथै उनले जनताका कामहरुलाई प्रभावकारी रुपमा गर्ने र जनचाहाना अनुरुप बिकासका कार्यलाई तिब्र रुपमा अगाडी बढाई समानुपातिक तबर ले जनतालाई बिकास प्रत्याभूति गराउने समेत प्रतिबद्धता ब्यक्त गरेका छन !पछिल्लो समय राजनीतिमा निकै सक्रिय मनोज को पारिवारिक राजनीति पृष्ठभुमि पनि निकै गौरवपुर्ण छ ! उहाको बाजे (मामाघर)२००७ साल देखि कठोर राजतन्त्र बिरोधी थिए ! तत्कालीन राजतन्त्र बिरोधि थिए फलस्वरूप तत्कालीन राजाले हजुरबुवालाई देश निकाला गरेका थिए !त्यही देश निकालाकै क्रममा उहाको पुजनिय आमाको जन्मपनी भारतको बहराइच मा भएको थियो !
साथै उहाको घरको हजुरबुवा पनि २०२३ साल देखि २०३९ सालसम्म गाउँ पंचायत को सदस्य बनेर समाजको नेतृत्व गर्नुभएको थियो !२०३९ साल देखि २०४३ साल सम्म बुवा देउमल सुनार पंचायत सरकार को तत्कालिन बागेश्वरी गाबिस को वडाअध्यक्ष बनेर राजनीतिक नेतृत्व गर्नु भएको थियो ! उहाको बुवा हाल सम्मपनि समाजिक तथा राजनीतिक क्षेत्रतिर क्रियाशिल नै हुनुहुन्छ ! पारिवारिक पृष्ठभुमि कै कारण उनी राजनीतिक नेतृत्व मा आएर आफ्नो हजुरबा,बुवाको कार्यलाई पुन आफुले सुरुवात गरेर देश जनताको सेवक बन्ने उहाको प्रबल ईच्छा रहेको छ !
Post a Comment