रोकिएन यात्रा चलिरह्यो सरसफाइ : दैलेखको श्रिस्थान
पुष्कर खड्का दैलेख : पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान पुरानो बजार दैलेखले करिब ३ महिना अघिदेखि सरसफाइ अभियान गर्दै आएको छ । “सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता” “परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागि पर्नुहोस्” भन्ने नाराका साथ सो अभियान सुभारम्भ गरेको अभियानले आजसम्म निरन्तरता पाएको छ । प्रतिष्ठानका अध्यक्ष लोकेश गिरीको संयोजकोत्वमा सदस्य, स्थानीय युवाहरुको समूह र दैलेख जिल्ला अस्पतालको प्राङ्गण बाट सुरु गरिएको अभियान दैलेख सदरमुकाम , बेलासपुर, बसपार्क तथा विभिन्न ठाँउहरुमा सरसफाइ गरेर आज दैलेख जिल्लाको प्रसिद्ध तिर्थस्थल श्रीस्थान मा नारायण नगरपालिका वडा नं १, र नारायण नगरपालिका वातावरण शाखाको समन्वयमा सरसफाइ गरिएको छ ।
दैलेखका विभिन्न तिर्थस्थल मध्य श्रिस्थान पनि एक हो । श्रीस्थानमा रहेको ज्वाला हेर्न प्रत्येक दिन सयौंको हिसाबमा पर्यटकहरु भित्रिने गर्दछन । त्यहाँ नजिकै रहेको आर्यघाट निकै प्रदुषित देखिएको थियो । प्रसिद्ध तिर्थस्थल भएकाले जिल्लाका विभिन्न ठाँउहरु बाट लास दाहसंस्कार को लागि त्यहि ल्याउने गर्दछन । दाहसंस्कार को लागि ल्याउने खटियाहरु, दाउराहरु खोलामै फालेर प्रदुषित भएको हो । आज श्रीस्थानमा रहेको आर्यघाट सरसफाइ गर्दै अध्यक्ष गिरिले दाहसंस्कार को लागि ल्याईने खटिया(बाँस) ,दाउरालाई निश्चित एउटा कुनै ठाउँ बनाएर जम्मा गर्न स्थानिय सरकार सँग कुरा राख्ने जानकारि दिनुभएको छ।

यस अभियानमा प्रत्येक हप्ताको शनिबार बिहान ८:०० बजे देखि १०:०० बजे सम्म २:०० घण्टा दैलेख सदरमुकामको विभिन्न ठाउँ सरसफाइ गरि यस अभियानलाई निरन्तरता दिईने छ l साथै कुनैदिन अतिआश्यक ठाँउमा जुनसुकै बारमा पनि सरसफाइ हुने अध्यक्ष गिरीले बताउनु भएको छ।
Post a Comment