सल्यानममा ट्रकले किच्दा तीन वर्षीय बालकको मृत्यु
सल्यानममा ट्रकले किच्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा लु १ ख ९२५९ नम्बरको ट्रकले किच्दा ट्रक मालिकका ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको हो ।
सामान लोड गर्न जाने क्रममा बच्चा एक्कासी ट्रक तिर आउँदा ट्रकको पछाडीको भागले किच्दा गम्भीर घाइते बालकको उपचारको क्रममा श्रीनगरस्थित परोपकार हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बालकलाई किच्ने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष ख
नालले जानकारी दिनु भयो ।
Post a Comment