जनतालाई बिकास चाहियो झुठो आश्वासन हैन्; धरेन्द्र यादव
नवलपरासी / २६ कार्तिक ।
मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । सोही क्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. २ “ख” बाट प्रदेश सभा सदस्य पदका युवा उम्मेदवार धरेन्द्र यादवले जनताले बिकास खोजेको भन्दै अन्य नेताहरुलाई झुठो आश्वासन न दिन आग्रह गरेका छन्।
नेकपा एमाले र जसपा नेपालको गठबंधनबाट प्रदेश सभा सदस्य पदको उम्मेदवार रहेको नेता धरेन्द्र यादवले विगतका सत्ता नेताहरु जनतालाई झुठो आश्वासन मात्र दिरहेकोले अब जनता त्यस्ता नेताहरुमा विश्वास न गर्ने बताएका छन्।
आज शनिवार घर दैलो अभियानमा जनताहरु बिकास खोजेको बताएका छन्।
चुनाबका बेला नेताहरु ठुला ठुला घोषणा पत्र र चुनाबी एजेन्डा लिएर मतदाताहरुलाई झुक्याउन आउदै गरेको नेता यादब आरोप लगाउदै आफू यसै समाज र क्षेत्रमा कृयाशिल रहि सधै जनताको सेवा गर्दै आएको आफुलाई नै माया गर्ने विश्वास व्यक्त गरेका छन्।
नवलपरासी निर्वाचन क्षेत्र २ को ख बाट जसपाबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार धरेन्द्र यादब रामग्राम नगरपालिका वार्ड नं १४ र १८ को घर्दैलो गर्दै मतदाताहरुलाई आफ्नो प्रतिस्पर्धामा रहेको ब्यपारी नेताको चङुलमा नफस्न सचेत गराउन भयो। ब्यपारी नेता बिजयी भएपछि जनताको माझमा फर्केर नआउने र यश क्षेत्रको बिकास भन्दा ब्यपारमा मात्र सिमित रह्ने हुदा आफू एक मजदुर किसानको छोरालाई चुनाबमा सहयोग गर्न आग्रह गर्नु भयो।
चुनाबी प्रचारमा उत्रेका नेता यादब आफ्नो चुनाबी एजेन्डा सहित मतदाता भेट्दै यस क्षेत्रको किसानको समस्या,बेरोजगारीको समस्या, समधान गर्न र यश क्षेत्रको बिकासका लागि आफ्नो उम्मेदवारी रहेको जिकिर गर्नु भयो। उक्त क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा काङ्ग्रेस-माओबादी गठबन्धनबाट काङ्ग्रेसका बैजनाथ जयसवाल, लोसपा राप्रपाको तालमेलबाट लोसपाका नगेन्द्र अग्रहरी र विभिन्न दलबाट उम्मेदवारी रहेको छ। उक्त क्षेत्रमा काङ्ग्रेस, जसपा र लोसपाको तीन कोणिय प्रतिस्पर्धा रह्ने अनुमान गरिएको छ।
धरेन्द्र यादव वि.सं. २०७४ र २०७९ को स्थानीय चुनावमा पाल्हीनन्दन अध्यक्ष पदमा पराजित भए पछि स्थानीयको संवेदना समेत बटुल्दै जीत हासिल गर्ने अनुमान गरीएको छ।
Post a Comment