भट्ट आचार्य बनिन उत्कृष्ट शिक्षक
अमन आचार्य
नेपालगंज
नेपालगंज एजुकेसन फाउण्डेशन द्वारा संचालित किड्स किंगडमको उत्कृष्ट शिक्षकको पुरस्कार लक्ष्मी भट्ट आचार्यलाई प्रदान गरिएको छ। पश्चिम क्षेत्रमा शिक्षामा महत्वपूर्ण योगदान दिएका बिभिन्न लब्धप्रतिष्ठित ब्यक्तित्वहरुद्वारा स्थापना गरिएको नेपालगंज एजुकेसन फाउण्डेशन द्वारा संचालित किड्स
किंगडमको आज भएको छैठौं वार्षिकोत्सव कार्यक्रममा आचार्यलाई उक्त अवार्ड प्रदान गरिएको थियो। कार्यक्रमका सभापती श्री सुनिल शर्माले आचार्यलाई अवार्ड प्रदान गर्नुभएको थियो। विगत लामो समयदेखि निरन्तर रुपमा शिक्षिका लक्ष्मी भट्ट आचार्यले संस्थाको लागि महत्वपूर्ण योगदान दिएकोले उत्कृष्ट शिक्षिकाको रुपमा छनौट गरिएको जानकारी नेपालगंज एजुकेसन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा. राज कुमार सुवेदी र किड्स किंगडम कि प्राचार्य प्रकृति पाण्डेले दिनुभयो
Post a Comment