नेपालगंज मल्टिपल क्याम्पस (NMC) मा स्वागत र विदाई कार्यक्रम सम्पन्न
पश्चिम नेपालकै उत्कृष्ट बिबिएस कलेज NMC मा आज पहिलो बर्षका विद्यार्थीहरुलाई स्वागत र चौथो बर्षका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम गरिएको छ।परीक्षा नियन्त्रण कार्यालय बल्खुका सह-परीक्षा नियन्त्रक सुमन गौतमको प्रमुख आथित्यता र NMC का प्रमुख शिक्षण सल्लाहकार प्रकाश लामिछाने, प्रमुख निर्देशक ईश्वर पोखरेल, आदर्श माध्यमिक विद्यालयका अध्यक्ष तथा NMC का संस्थापक सदस्य सन्जय थापा र NMC का संस्थापक सदस्य मुकेश गुप्ताको बिशिष्ट आतिथ्यमा सम्पन्न
भएको कार्यक्रमलाई NMC का तेस्रो बर्षका विद्यार्थी तथा आदर्श माध्यमिक विद्यालयका शिक्षक प्रकाश शाहीले संचालन गर्नुभएको थियो। क्याम्पस प्रमुख थानिश्वर पाण्डेले स्वागत मन्तव्य मार्फत सम्पुर्ण अतिथि र
विद्यार्थीहरुलाई कार्यक्रममा स्वागत गर्नुभएको थियो भने अध्यापक नमिश बेल्बासेले कार्यक्रमको सांस्कृतिक पक्षलाई उत्कृष्ठ तरीकाले संयोजन गर्दै सहभागी विद्यार्थीहरुको कलालाई प्रस्फुटित पार्ने काम गर्नुभएको थियो। NMC Sports Week -2079 मा
बिभिन्न बिधामा प्रथम र दोस्रो स्थान हासिल गर्न सफल विद्यार्थी खेलाडीहरुलाई ट्रफी,मेडल र प्रमाणपत्रले सम्मान गरिरहेको पल कार्यक्रमको सबैभन्दा सुन्दर पक्ष आँफुलाई लागेको कुरा कार्यक्रममा सहभागी
अभिभावक जिबन श्रेष्ठले ब्यक्त गर्नुभयो। आन्तरिक परीक्षाको साथसाथै बार्षिक परीक्षामा सफल भएका विद्यार्थीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। यसैगरी NMC कलेज सङ्को सहकार्यमा आफ्नो संस्थाले NMC कलेजका विद्यार्थीहरुलाई लेखा र कर प्रणाली सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्दै विद्यार्थीबाटै दक्ष लेखापाल
( Accountant) उत्पादन गर्नको लागि हरेक बर्ष यस कलेजका तेस्रो र चौथो बर्षका विद्यार्थीहरुलाई निशुल्क Accounting and Taxation Training संचालन गरिरहेको र यस बर्षको तालिमको प्रमाणपत्र पनि आजैको कार्यक्रममा बितरण गरिएको कुरा CA सुरज ढकालले व्यक्त गर्नुभयो। विदाईको चिनो ग्रहण गर्दै चौथो बर्षका विद्यार्थी शुसिल नेपालीले चौथो बर्षका समग्र विद्यार्थीको तर्फबाट आँफुहरुको प्रणालीगत रुपमा यस संस्थाबाट बिदाई भएपनि
आँफुहरुको मन यस संस्थाबाट कहिल्यै बिदाई भएर नजाने भनेर आफ्नो मन्तव्यमा भन्दैगरेको पलले उपस्थित सबैलाई भावुक बनाएको थियो। बिशिष्ट अतिथि ईश्वर पोखरेल र संजय थापाले छोटो मन्तव्यमा मुल्यवान शब्दहरु प्रस्तुत गरेको कार्यक्रम तेस्रो बर्षका विद्यार्थी प्रकाश रेग्मीको सभापतित्वमा सञ्चालन भई सम्पन्न भएको थियो।
Post a Comment