नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा बिषयगत हाजिरीजवाफ प्रतियोगिताको आयोजना
पश्चिम नेपालकै उत्कृष्ट बिबिएस कलेज नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा आज सह: पाठ्यक्रम क्रियाकलाप अन्तर्गत बिबिएस दोस्रो बर्षको बिषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। वित्तीय व्यवस्थापन बिषयको बिषयगत हाजिरीजवाफ प्रतियोगिता २ वटा सेक्सनबाट २-२ वटा गरि जम्मा ४ वटा समुहहरुको बिचमा गराईएको थियो। कुल ७ राउण्डमा गराईएको प्रतियोगितामा सबै प्रश्नहरु
विद्यार्थीको लागि परीक्षामा आउन सक्ने प्रश्नहरु थिए। प्रतियोगितामा ११ नम्बर हासिल गर्दै सेक्सन बि को शुसिल वली, सन्जिब चौधरी र सपना वलीको समुह प्रथम भयो भने सेक्सन बि कै बिनिता के.सी, सुस्मिता चौधरी र मन्दिरा रेग्मीको समुहले ७ अङ्कका साथ दोस्रो स्थान हासिल गर्न सफल भयो। प्रतियोगितामा बिजयी समुहका सदस्यहरुलाई बधाईको टिका लगाईदिदैं कलेजका प्रमुख निर्देशक ईश्वर पोखरेलले बिजेता समुहका सदस्यहरुलाई शिक्षण शुल्कमा छात्रवृत्ति प्रदान गरिने जानकारी गराउनु भयो। बिषयगत हाजिरीजवाफ प्रतियोगिता सबै तहको सवै बिषयहरुलाई समेट्ने गरेर नियमित रूपमा संचालन गरिने जानकारी क्याम्पस प्रशासनले दिएको छ।
Post a Comment