त्रिभुवन नमुना माध्यमिक विद्यालयमा रोपिए शितलचिनीका विरुवाहरु

कोहलपुर नगरपालिका वार्ड नम्बर १० मा अवस्थित ३ हजार भन्दा बढि विद्यार्थी अध्ययनरत कोहलपुरकै नमुना माध्यमिक विद्यालय त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा ३०० भन्दा बढि रोगहरुलाई निर्मुल गर्न सक्ने जिबन बुटी



 शितलचिनीका ५ वटा बिरुवाहरु रोपिएका छन्।


 कुनैपनि विद्यार्थीहरु तथा अभिभावकहरु अस्वस्थ हुँदा त्यसको प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव विद्यार्थीहरुको सिकाई क्षमतामा पर्ने भएकोले विद्यालय प्रशासनको चाहना आफ्ना सम्पुर्ण विद्यार्थीहरु शारिरिक रुपमा स्वस्थ भएर विद्यालयमा सिकाईको प्रक्रियामा सामेल भई सुन्दर भबिष्य निर्माण गर्न


 सकुन भन्ने रहेकोले गर्दा पोषणतत्वले भरिपुर्ण शितलचिनीका विरुवा विद्यालय प्राङ्गणमै रोपेर विद्यार्थीहरुलाई सेवनको लागि निरन्तर रुपमा उत्प्रेरित गरिरहने व्यहोरा विद्यालय कि प्राचार्य देवका थापाले अवगत गराउनु भयो।‌ 

कुनैपनि व्यक्तिको एकमात्र दुश्मन रोग भएकोले न्युन खर्चमा आफ्नो विद्यालयका सम्पुर्ण सरोकारवालाहरुको स्वास्थ्य सङ्ग सम्बन्धित समस्या समाधान होस् भन्ने उद्देश्यका

 साथ यि जिवन बुटिका बिरुवा रोपिएको जानकारी विद्यालय शैक्षिक संयोजक गणेश पौडेलले गराउनुभयो। विद्यालयले प्रदान गर्ने यस व्यवहारिक शिक्षाको पाटो द्वारा विद्यालय प्राङ्गनमा हुर्केका मोरिङ्गाका पात,फल, बिउँ ,बोक्रा ईत्यादिको प्रयोगलाई विज्ञको रेखदेखमा सम्पुर्ण सरोकारवालाहरुमाझ बढाउँदै सम्पुर्ण समाजको स्वास्थ्य सुधार हुनसक्ने विश्वास विद्यालय प्रशासनले लिएको छ।

Post a Comment

Previous Post Next Post