NMC का विद्यार्थीले विरुवा रोपेर जन्मदिन मनाए

आदर्श ग्रुप द्वारा संचालित पश्चिम नेपालकै उत्कृष्ठ BBS कलेज NMC मा प्रथम वर्षमा अध्ययनरत विद्यार्थी मो. सकलेन रजाले आज परेको आफ्नो जन्मदिन कलेज प्राङ्गनमा ३०० भन्दा बढि रोगलाई निर्मुल पार्न सक्ने न्युट्रिसनले भरिपुर्ण औषधीय गुणयुक्त बुटि शितलचिनीको बिरुवा रोपेर मनाउनु भएको छ। 


आँफुले आफ्नो जन्मदिनमा रोपेको विरुवालाई दैनिक रुपमा हेरचाह गरेर हुर्काउनमा योगदान गर्ने जानकारी सकलेनले प्रदान गर्नुभयो। औषधीय गुण युक्त मोरिङ्गाको विरुवा हुर्काउने मात्रै नभएर विरुवाबाट प्राप्त हुने पात ,फल, दाना नियमित रुपमा सेवन गर्ने र आफ्नो परिवारका सदस्यहरुलाई पनि सेवन गर्न लगाएर स्वास्थ्य व्यवस्थापनको क्षेत्रमा आफ्नो कलेजले लिएको अभियानलाई सफल पार्नमा योगदान दिने कुरा पनि सकलेनले बताउनु भयो। 

विद्यार्थी हरुले आफ्नो जन्मदिनको दिनमा अनावस्यक रुपमा केक काटेर खर्च हुने रुपैयाँलाई कलेज प्रशासनले वचत र लगानी गर्न सिकाई रहेको र जन्मदिन यस्तै नविनतम तरीका द्वारा मनाउन उत्प्रेरित गरिरहेको जानकारी क्याम्पसका प्रमुख प्रशासक नृप रावलले गराउनु भयो। व्यवस्थापनको कलेज भएकोले कलेजले आफ्ना विद्यार्थीहरुलाई अपवाद द्वारा व्यवस्थापन ( Management by Exception) को विधी बाट समग्र गुणस्तर व्यवस्थापन ( Total Quality Management) को लागि उल्लेख्य प्रायस जारि राखेको कुरा पनि प्रमुख प्रशासक रावलले जानकारी दिनुभयो।

Post a Comment

Previous Post Next Post