सेयर बजारमा विद्यार्थीहरुको पहुँचको लागि NMC कलेजको निरन्तरको प्रयास

नेपालगन्ज :पश्चिम नेपालकै उत्कृष्ठ BBS कलेज NMC कलेजले विद्यार्थीहरुलाई सेयर बजार सङ्ग जोड्नको लागि आफ्नो प्रयास जारी राखेको छ। 


आज शुक्रबारको अतिरिक्त कृयाकलाप अन्तर्गत IPO भर्नको लागि आवस्यक Bank account र DMAT क्याम्पस मै भराईएको जानकारी प्रशासनले दिएको छ।व्यवस्थापनको विद्यार्थीलाई सेयर बजारको बारेमा जानकारी हुनैपर्ने भएकोले यस्ता कार्यहरु नियमित रुपमा कलेजले संचालन गर्ने जानकारी प्रमुख निर्देशक ईश्वर पोखरेलले गराउनुभयो। कलेजको रणनीति BBS का विद्यार्थीहरुलाई बजारमा उपलब्ध आम्दानीका स्रोतहरु सङ्ग जोडेर शिक्षण शुल्कको लागि अभिभावकलाई दबाब शुन्य पार्ने 


भएकोले यस्ता कार्यक्रम त्यहि रणनीति अन्तर्गतको भएको र यसले अल्पकालीन दिर्घकालिन दुबै रुपमा विद्यार्थी र अभिभावकलाई लाभ पुग्ने जानकारी प्रमुख शिक्षण सल्लाहकार प्रकाश लामिछानेले दिनुभयो। यदि कुनै विद्यार्थीले आँफु सहित कम्तिमा ४ जना परिवारका सदस्यहरुको नामबाट कुनैपनि IPO नछुटाई लगातार रुपमा IPO भरेको छ भने IPO नपर्दा सम्म त्यस्ता विद्यार्थीहरुबाट शिक्षण शुल्क नलिईएको जानकारी कलेज प्रशासनले गराएको छ। NMC कलेजमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा  ४ वर्षे BBS को गुणस्तरिय अध्यन अध्यापन हुने गरेको छ।

Post a Comment

Previous Post Next Post