NMC कलेजद्वारा ४०० वटा शितलचिनी ( मोरिङ्गा) को बिरुवा वितरण ।

 आदर्श ग्रुप द्वारा संचालित पश्चिम नेपालकै उत्कृष्ठ BBS कलेज NMC ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (CSRP) अन्तर्गत ४०० भन्दा बढि जिवनवुटी शितलचिनीको बिरुवा अषाढ महिनामा वितरण गरेको छ। 



स्वास्थ्य व्यवस्थापन अन्तर्गत आफ्ना विद्यार्थी र विद्यार्थीका परिवारका प्रत्यक सदस्यहरूको स्वास्थ्यको जिम्मेवारी कलेजले लिने अभियान अन्तर्गत ४०० वटा मोरिङ्गाका विरुवा वितरण गरिएको क्याम्पसका प्रमुख निर्देशक ईश्वर पोखरेलले जानकारी दिनुभयो। 


आफ्नो शरिरको डाक्टर व्यक्ति स्वयं भएकोले जिबनवुटी शितलचिनीको प्रयोग मार्फत आफ्ना विद्यार्थी र अभिभावकको स्वास्थ्य समस्या समाधान गर्नको लागि क्याम्पसको यस अभियानले एउटा ईट्टा थप्ने काम गर्ने कुराको जानकारी प्रमुख शिक्षण सल्लाहकार प्रकाश लामिछानेले दिनुभयो।


 यसवर्षको त्रिभुवन विश्वविद्यालय दिवसको दिन शुभारम्भ गरिएको यस अभियानले विद्यार्थी र अभिभावक मात्रै नभएर सम्पुर्ण समाजको स्वास्थ्य सङ्ग सम्बन्धित समस्याहरुको सम्बोधन गर्न सक्ने कुराको जानकारी स. क्याम्पस प्रमुख थमन के.सी. ले गराउनु भयो। 


विरुवा वितरण गर्ने मात्र नभएर वितरण गरेका विरुवा विद्यार्थीहरुले हुर्काएको वा नहुर्काएको जानकारी लगातार रुपमा लिई शितलचिनीको सेवन नियमित रुपमा गर्नको लागि विद्यार्थीहरुलाई उत्प्रेरित गरिरहने जिम्मेवारी पनि आँफुहरुकै भएको भावना क्याम्पस प्रमुख थानिश्वर पाण्डेले व्यक्त गर्नुभयो।

Post a Comment

Previous Post Next Post