विवाह गर्छु भन्दै जवरजस्ती तान्नेलाई कारबाहीका लागि प्रेस विज्ञप्ती सार्वजनिक



पूर्वी रुकुमको भुमे गाउँपालिका -१ लुकुममा विबाह गर्छु भन्दै जवरजस्ती तानेको भिडियोले सामाजिक सञ्जाल तातेपछि विभिन्न संघ संस्थाको ध्यानाकर्षण भएको छ ।


यो गम्भिर घटनामा आफ्नो ध्यानाकर्षण भएको भन्दै, बाल विवाह विरुद्ध साझा अभियान संजाल कर्णाली प्रदेशले केटीलाई जवर्जस्ती विवाह गर्नका लागि अमानविय व्यवहार गर्ने पुरुषहरुलाई कानुनी कारवाही गर्नका लागि जोड्दार माग राख्दै प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ।


नेपालमा बाल विवाहका घटनाहरु अंझै विद्यमान रहेका थुपै् घटनाहरु देखिदै आइरहेका छन् । बाल विवाह आफै गर्नेहरुको संख्यामा बृद्धि भएको पाइएको छ । तर पछिल्लो पटक पुर्वी रुकुमको भुमे गाउपालिकामा एकजना महिलालाई विहे गर्छु भन्दै ४,५ जना युवाले जवर्जस्ती तानेको घटनाले सामाजिक संजाल तातेको थियो।


भिडियोमा महिलाले केटाहरुबाट उम्किन् जोडतोडले लागेको देखिन्छ भने ४,५ जना पुरुषहरुले जवरजस्ती अमानविय व्यवहार गरेको कुरा प्रस्ट देखिन्छ ।


२१ औं शताव्दीमा यस्ता अमानविय घटना घट्नुले नेपाली सामाजमा सहजै महिलाको अवस्था कस्तो छ भनेर बुझ्न गाह्रो नहुने बाल विवाह विरुद्ध साझा अभियान कर्णाली प्रदेशको संयोजक श्री पवित्रा शाहीले बताएकी छिन् ।


यो घटनाले झन् बाल विवाह गर्नलाई उक्साएको र कानुनी कारवाही नगरे हामी सुर्खेतका सवै नागरिक समाज राज्यकै विरुद्ध उत्रने बाल विवाह विरुद्ध साझा अभियान संजाल सुर्खेतकी जिल्ला संयोजक ममता नगालले जानकारी दिएकी छिन् ।


बाल विवाह विरुद्ध साझा अभियान संजाल कर्णाली प्रदेशमा २ बर्ष देखी बाल विवाह विरुद्ध काम गर्दै आएको छ । यो संजाल कर्णालीमा काम गर्दै आइरहेका बाल अधिकार, मानव अधिकार र लैङ्गिक हिंसा विरुद्ध काम गर्दै आइरहेका संस्था, संजाल र समुह आवद्ध भएका छन् । यो संजालले नेपालमा घटेका बाल विवाह लगाएत बाल संरक्षणका रुपमा तथ्यगत तथा नीतिगत रुपमा वकालत गर्दै आइरहेको छ ।

Post a Comment

Previous Post Next Post