आदर्शले ल्यायो प्रदेशमै उत्कृष्ट नतिजा

पश्चिम नेपालकै अग्रणी शैक्षिक संस्था नेपालगंजमा अवस्थित आदर्श माध्यमिक विद्यालयले यस वर्षको कक्षा १२ को नतिजामा यस क्षेत्रमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ। आदर्श माध्यमिक विद्यालयकी छात्रा समिक्षा अधिकारीले व्यवस्थापन संकाय बाट ३.८ जिपिए ल्याएर क्षेत्रमै प्रथम स्थान हासिल गर्न सफल भएको जानकारी विद्यालय प्रशासनले दिएको छ। समग्रमा ५ जना विद्यार्थीहरुको A+ सहित अधिकाँश विद्यार्थीहरु उत्तिर्ण भएका छन्। 

स्थापनाको २४ औं बर्ष मनाईरहेको नेपालगंजको आदर्श माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन हुने गर्छ। आदर्श समुह द्वारा नै संचालित त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय तर्फको BBS अध्ययन गराइने नेपालगंज मल्टिपल क्याम्पस ( NMC) पनि यस क्षेत्रकै अग्रणी शिक्षण संस्था हो। NMC कलेजमा BBS प्रथम वर्षमा भर्ना खुलेको जानकारी आदर्श माध्यमिक विद्यालय तथा NMC कलेजका प्रमुख निर्देशक ईश्वर पोखरेलले दिनुभएको छ।

सैद्दान्तिक र व्यवहारिक शिक्षा, लागत र गुणस्तर को आधारमा BBS कार्यक्रम नै व्यवस्थापन संकाय तर्फको उत्कृष्ट शैक्षिक कार्यक्रम भएको र   NMC कलेजले लामो समयदेखि व्यवस्थापनको गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको जानकारी आदर्श माध्यमिक विद्यालयका प्राचार्य विरभान के.सी. ले गराउनु भयो। आदर्श माध्यमिक विद्यालयले प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याउने गरि शैक्षिक गतिबिधिहरुको अलावा निरन्तर रुपमा  सह पाठ्यक्रम क्रियाकलापहरु पनि संचालन गर्दै आइरहेको र त्यसैको उदाहरण स्वरुप साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म फुटसल प्रतियोगिता संचालन भइरहेको



 जानकारी व्यवस्थापन संकायका कार्यक्रम संयोजक महेश्वर जोशीले गराउनु भयो। 

विद्यालयको सफलताको कारण समग्र गुणस्तर व्यवस्थापनको लागि निरन्तरको प्रयास भएको र यसको श्रेय अनुशासित विद्यार्थी, लगनशील शिक्षक, ईमान्दार कर्मचारी, सहयोगी व्यवस्थापकिय समुह र प्रेरणादायी संस्थापक समुह भएको र सबै धन्यवादको पात्र भएको जानकारी विद्यालयका प्रमुख शिक्षण सल्लाहकार प्रकाश लामिछानेले गराउनु भयो। ३.८ जिपिए ल्याएर आदर्श माध्यमिक विद्यालयबाट यस क्षेत्रमै प्रथम स्थाान हासिल गर्न सफल भएकी छात्रा समिक्षा अधिकारीले आफ्नो सपना राष्ट्रबैंकको उच्च तहमा पुग्ने भएको र त्यसको लागि आँफुले कम लागतमा अध्ययन सम्भव हुने BBS अध्ययन गर्ने जानकारी दिनुभएको छ।

Post a Comment

Previous Post Next Post