नेपालगंज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी

धामीले दुई हजार ४ सय ५६ मत प्राप्त गरी विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार ललित कुमार रौनियारले एक हजार ५ सय ६६ मत प्राप्त गरेका थिए ।

कुल चार हजार १ सय ३२ मत खसेकोमा अध्यक्ष पदमा एक सय १० मत बदर भएको थियो ।त्यसैगरी, सदस्यमा समावेशी प्यानलका ७ र साझा प्रजातान्त्रिक प्यानलका ३ जना विजयी भएका छन् ।उपाध्यक्ष तीनजना, महासचिव, उपमहासचिव र कोषाध्यक्ष पदका लागि मतगणना जारी रहेको छ ।विजयी बनेका अध्यक्ष र सदस्यहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।


Post a Comment

Previous Post Next Post