भारतीय तीर्थयात्री चढेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु ।

भाद्र ७, २०८०

बारा — बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो ।


बसमा सवार २६ जनामध्ये ७ जनाको मृत्यु भएको बाराका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए । मृत्यु हुनेमा एक जना नेपाली र ६ जना भारतीय नागरिक रहेको उनले बताए ।


घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

Previous Post Next Post