NCMT र अमेरिकन विश्वविधालय महार्षी इन्टरनेशनल युनिभर्षीटी बिच सहकार्य

सहर नेपालगन्जको को एक प्रतिष्ठित त्रिभुवन विश्वविधालयबाट मान्यता प्राप्त नेपालगंज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेकनोलोजी र महाॠषि इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच शैक्षिक कार्यक्रमका लागि सहकार्यको प्रारम्भ भएको छ ।


क्याम्पसले बिहिवार एक कार्यक्रमको आयोजना गरि क्याम्पसबाट स्नातक तह पास गरेका विद्यार्थीहरुलाई उच्च  शिक्षा अध्ययनका  लागि  अमेरिकामा रहेको महाॠषि इन्टरनेशनल युनिभर्सिटीमा पठाउने प्रारम्भिक  सहकार्य भएको जनाएको हो ।


कार्यक्रममा  महाॠषि युनिभर्सिटी नेपालका क्षेत्रका शिक्षा दुत  माधव प्रसाद अर्यालले विश्वमै आइटी क्षेत्रमा महत्त्वपूर्ण अंगको रुपमा स्थापित भएको  बताए । उनले  आइटी क्षेत्रमा अमेरिकाको  महाॠषि इन्टरनेशनल  युनिभर्सिटीमा  सबभन्दा राम्रो ज्ञान प्रदान गर्ने युनिभर्सिटीको रुपमा रहेको  उद्घोष गरे  । 

कार्यक्रमका प्रमुख वक्ता समेत रहेका अर्यालले आइटीमा  स्नातक तह पास गरेका यस क्यामपसका विद्यार्थीहरुले यो युनिभर्सिटीमा  पढ्नको लागि आवेदन दिनसक्ने  र त्यसका लागि इन्ट्रन्सिपमा नाम निकाल्न सके विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने कुरामा जोड दिए  ।

यो युनिभर्सिटीमा अध्ययन गर्न जाने विद्यार्थीले ८ महिना पढ्ने र त्यसपश्चात कम्पनीहरुमा काम गर्न राम्रो अवसर मिल्ने भन्दै अमेरिकाको अधिकांश कम्पनीहरुले आइटी जनशक्तिका लागि महाॠषिका विद्यार्थीहरुलाई नै खोज्ने गरेको उनको भनाइ छ ।

विद्यार्थीहरुले ww.miu.edu लगइन गरेर  युनिभर्सिटीको बारेमा सबै जानकारी लिन सकिने छन् । महाॠषि युनिभर्सिटीमा हाल ५ सयबढी कम्पनीहरु आवद्ध रहेको प्रमुख वक्ताले बताए ।

आयल्स तथा टफेल बिनानै यस क्याम्पसका विद्यार्थीहरु बिना शुल्क सहजै महाॠषि युनिभर्सिटी अमेरिका जान पाउने अर्यालको भनाइ छ ।

Post a Comment

Previous Post Next Post