व्यवस्थापनका सिद्धान्तलाई व्यक्तिगत जिवनमा प्रयोग गर्ने कला सिकाउने प्रयास जारी राख्दै NMC

 आदर्श ग्रुप द्वारा संचालित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको BBS अध्ययन हुने पश्चिम नेपालकै उत्कृष्ठ कलेज  NMC ले व्यवस्थापनका विद्यार्थीहरुले BBS को अध्ययनको दौरानमा सिकेका व्यवस्थापकिय सिद्धान्तलाई व्यक्तिगत सफलताको लागि जिवनमा प्रयोग गर्ने कला सिकाईको आफ्नो निरन्तरको प्रयास जारी राखेको छ। कुनै पनि व्यवसायको सफलतामा जति महत्व व्यवस्थापनका कार्यहरुको हुन्छ त्यतिकै महत्व कुनैपनि व्यक्तिको सफलतामा पनि ति कार्यहरुको हुने भएकोले आफ्नो कलेजले विद्यार्थीहरुलाई प्रदान गर्ने यो व्यवहारिक सिकाईलाई निरन्तरता दिएको र भविष्यमा दिइरहने जानकारी NMC का प्रमुख निर्देशक तथा बिगत लामो समयसम्म नेपालगंजका धेरै संस्थाहरूको कुशलतापूर्वक व्यवस्थापन गर्न सफल हुनुभएका कुशल व्यवस्थापक ईश्वर प्रसाद पोख्रेलले जानकारी दिनुभयो। 



जसरी व्यवसायीक संगठनले अवसरहरुको पहिचान गरेर आफ्नो उद्देश्य निर्माण गर्दछ त्यसै गरेर नै कुनैपनि व्यक्ति सफल हुनको लागि अवसरहरुको पहिचान गरेर आफ्नो लक्ष्य निर्धारण गर्नुपर्ने भएकोले आफ्नो कलेजले BBS को अध्ययनको दौरानमा सिकाउने व्यवस्थापनका सिद्धान्तहरूलाई विद्यार्थीहरुले व्यक्तिगत जिवनमा प्रयोग गर्दै सम्पुर्ण विद्यार्थीहरुले समग्र गुणस्तर व्यवस्थापन द्वारा जिवनमा सफलता प्राप्त गर्न सकुन भन्ने आफ्नो कलेजको उद्देश्य भएको र त्यसैले निरन्तरताको लागि आजको कार्यक्रम भएको व्यहोरा 


NMC कलेजका प्रमुख शिक्षण सल्लाहकार, व्यवस्थापनका विज्ञ तथा बिगत लामो समयदेखि कुशलता र सफलतापूर्वक विभिन्न संगठनहरुको व्यवस्थापन सम्हाल्नु भएका कुशल व्यवस्थापक प्रकाश लामिछानेले जानकारी दिनुभयो। 


आजको सेसनको लागि NMC कलेजले पोखरा मणिपाल कलेज अफ मेडीकल साइन्सेज अन्तर्गत फार्मोकोलोजी विभागका प्रमुख तथा व्यक्तिगत व्यवस्थापनका विज्ञ डा. सुदेश ज्ञवालीलाई वाह्य विज्ञका रुपमा आमन्त्रित गरेको थियो। १ घण्टा ३० मिनेटको ब्रेनस्ट्रमिङ्ग सेसनमा डा. ज्ञवालीले कुनैपनि व्यक्तिको पहिलो प्राथमिकतामा स्वयं व्यक्ति नै पर्नुपर्ने भएकोले व्यक्तिले आँफु भित्रको 'म' लाई चिनेर जिवनका लक्ष्य प्राप्त गर्नुपर्ने कुरालाई परिदृश्य निर्माण प्रस्तुत गर्नुभएको थियो। 


NMC कलेजको उद्देश्य नै BBS का विद्यार्थीहरु र अभिभावकहरुमा व्यवस्थापन शिक्षाको व्यवहारिक पक्षलाई प्रयोग गरेर आर्थिक व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन,तनाब व्यवस्थापन जस्ता तत्वहरु द्वारा विद्यार्थी र अभिभावकहरुको समग्र जिवन गुणस्तर उच्च बनाउन टेवा दिने रहेको व्यहोरा NMC क्याम्पसका क्याम्पस प्रमुख तथा बिगत १० बर्ष देखि नेपालगंजका २ वटा संस्थाको कुशलतापूर्वक नेतृत्व गरिरहेका सफल व्यवस्थापक थानिश्वर पाण्डेले अवगत गराउनु भयो।

Post a Comment

Previous Post Next Post