दुल्लूमा उद्धमीहरु बिच सिकाइ आदान प्रदान तथा बजार प्रबर्द्धनका लागि डिजिटल वा सामाजिक संजाल प्रयोग बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

नारायण रिजाल,दैलेख


सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा एभरेस्ट क्लब दैलेखले संचालन गरेको पावर परियोजना को आयोजनामा दैलेख दुल्लूका उधमिहरु बिच विभिन्न शिर्षकमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।


उधमीहरु बिच ब्यवसाय सन्चालनमा भएका राम्रा अभ्यास,अवशर,बजारको माग सम्बन्धी जानकारी तथा सिकाइ आदानप्रदान गर्न र बजार प्रबर्द्धनकालागी सामाजिक संजालको प्रयोग बारे जानकारी तथा अभिमुखिकरण गर्ने उद्देश्य ले अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।


उक्त कार्यक्रममा सहभागीताकी स्वागत परिचय तथा सहभागिको दस्तावेजिकरण गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।


एभरेस्ट क्लब दैलेखका प्रतिनिधि दिपक के सि ले कार्यक्रमको सुरक्षानीति तथा कार्यक्रम बारे जानकारी तथा उद्देश्य माथि प्रकाशपार्नु भएको थियो ।



पावर परियोजनाका परियोजना संयोजक भुपेन्द्र के सी ज्यु ले ब्यबसाय बिचका अवशर,चुनौती,समस्या र समाधानका उपय व्यबसाय गर्दा अपनाउनु पर्ने रणनीति,ब्यबसाय लेखाजोखाको महत्त्व,आम्दानीकिताब का अभ्यास तथा छलफल द्वारा जानकारी र ब्यबसायको बजारीकरणको आबश्यकता र सम्भाबना बारे शेशन संचालन गर्नु भएको थियोे ।


त्यस्तै सक्रिय युबा क्लबका अध्यक्ष तथा पत्रकार नारायण रिजाल ले ब्यबसायमा डिजिटल मार्केटिङ तथा सामाजिक संजाल प्रयोग बाट हुने संभावना,फाउदा,बेफाइदा र अवशरबारे जानकारी र फेसबुक पेज निर्माण ब्यबस्थापन र मेसेन्जर ग्रुप बनाउने तरिका र सामाजिक सन्जाल मा कन्टेन्ट निर्माण यसको सिमितता र सहि प्रयोग बारे प्रशिक्षण गर्नु भएको थियो ।


त्यस्तै पावर परियोजना ले जनहितकारी सहकारी संस्थाको सहयोग र समन्वयमा बार्षिक १०% मात्र ब्याज मा उधमीहरु लाई व्यावसायिक सपोर्ट कर्जा दिरहेको जानकारी दिनु भयो ।


कार्यक्रम समापन गर्दै दुल्लू नगरपालिका का नगर उप प्रमुख बिना कार्की ले यस्ता उधमशिलता सम्बन्धी तालिम नगरपालिका आफैले दिएता पनि त्यो त्यति प्रभावकारी नभएको तर एभरेस्ट क्लब ले दिएका उधमशिलताका तालिम पछि ९५% युबा हरु उधमशिलतामा लागेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम मा नगरपालिका साथमा रहेको जानकारी दिदै कार्यक्रम सचालन गरेको मा धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।।








Post a Comment

Previous Post Next Post