राष्ट्रिय युवा संघ नेपाल जाजरकोटका अध्यक्ष सरोजजंग शाही द्वारा क्यान्सर पिडित सिंहलाई सहयोग

 राष्ट्रिय युवा संघ नेपाल जाजरकोटका अध्यक्ष सरोजजंग शाही द्वारा क्यान्सर पिडित सिंहलाई सहयोग जुटायका छन्। 

जाजरकोट छेडागाड नगरपालिका १२ का क्यान्सर पिडित शेर बहादुर सिंहलाई युवाहरुले सहयोग प्रदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल जाजरकोट जिल्लाका अध्यक्ष सरोज जंग शाही, शिरिश जंग शाही, देबेन्द्र सिंह लगायतको युवाहरुको टिमले क्यान्सर पिडित सिंहलाई सहयोग प्रदान गर्नुभएको हो । करिव १ बर्ष पहिलेदेखि क्यान्सरबाट पिडित सिंहलाई आज अस्पतालकै आइसियुमा गएर उनिहरुले नगद १ लाख ५० हजार सहयोग प्रदान गरेको समाजसेवी युवा नेता सरोज जंग शाहीले बताउनुभयो । शुसिल कोइरला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचाररत सिंहको आईसियु कक्ष खजुरामा एक हप्तादेखि उपचार भैरहेको छ ।


भारतमा काम गर्न गएका सिंह उतैबाट क्यान्सर पिडित भएका थिए । भारतकै विभिन्न स्थानमा उपचार पश्चात उहाँलाई सन्चो नभएपछि खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत सिंहको आर्थिक अवस्था कमजोरी भएको कारण उहाँको उपचारमा सहजता प्रदान होस भन्ने हिसावले सरोज जंग शाही, देबेन्द्र सिंह र शिरिष जंग शाहीको पहलमा 


सहयोग संकलन सुरु गरिएको थियो । ३ दिनमा उनिहरुले स्वच्छिक रुपमा सहयोग संकलन गरि नगद रु १ लाख ५० हजार क्यान्सर पिडित सिंहलाई रकम हस्तान्त्रण गर्नुभएको थियो । शुसिल कोइरला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले आफुबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै प्रखर परोपकार संघका महासचिव बिबेक लामिछाने, समाजसेवी अर्जुन शाही , यज्ञ राज जोसी, युवा अगुवा, पत्रकार लगायतको उपस्थितिमा रकम हस्तान्त्रण गरिएको थियो ।

Post a Comment

Previous Post Next Post