नेता सुवास नेम्वाङको निधन

 संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल पुर्याउनु अघि नै निधन भइसकेको थियो । 


घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका नेम्वाङलाई अस्पताल पुर्याए लगत्तै मृत्यु घोषणा गरिएको थियो ।शौचालयमा बेहो अवस्थामा फेला परेका नेम्वाङलाई परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बस्दै आएका थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति अन्दाजी १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले उनको नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेकजाँच गर्दा ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।

Post a Comment

Previous Post Next Post