बाँकेको नेपालगञ्जमा लगाइएको निषेधाज्ञाको उल्लंघन गर्ने चार जना पक्राउ परेका छन् ।

आज दिउँसो साढे २ बजे नेपालगञ्जको विपी चोकबाट निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा ३४ वर्षीय रियाज खान र २८ वर्षीय सहबाज , २३ वर्षीया ललिता पोरवाल र २६ वर्षीया शिला पोरवाललाई पक्राउ गरेको जिल्ला प्रहरी बाँके प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।



स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गरेमा कारबाही हुने चेतावनी हुँदाहुँदै उनीहरुले निषेधाज्ञालाई बेवास्ता गर्दै उल्लंघन गरेको भन्दै उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई प्रचलित कानुन बमोजिम कारबाही हुने बाँके प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post