हमास मा मारिएका आनन्दको परिवारलाई मधेश सरकारले पाँच लाख रुपैयाँ दिने घोषणा

हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ शोक वक्तव्यमार्फत मृतक परिवारलाई समवेदना दिँदै राहत रकम घोषणा गरेका हुन्।



मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिए।अनाहकमा ज्यान गुमाउने युवाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस्  उहाँले भनेका छन ।

Post a Comment

Previous Post Next Post