पर्सामा विद्यार्थी र प्रहरीबीच झडप ६ जना विद्यार्थी घाइते

पर्साको विन्दबासिनी गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी ६ जना विद्यार्थी घाइते भएका छन ।गाउँपालिकाको गर्दौल माध्यमिक 


विद्यालय र बहुअर्वा भाटामा अध्ययनरत विद्यार्थीहरूले विद्यालय घेराउ गर्न गएको बेला प्रहरीले कुटपिट गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।गर्दौलका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरुवा गरेको तथा बहुअर्वामा राम्रो पठनपाठन नभएको गुनासोसहित कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत



 विद्यार्थीहरूले गाउँपालिकाको कार्यालय घेराउ गर्न गएका थिए। सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव घाइते भएका हुन्।

Post a Comment

Previous Post Next Post