बिपि कोइराला को अध्यान बिचार र बिमर्शका लागि भोलि दैलेखमा युबा भेला हुँदै

जन नायक वीपी कोइरालाको जीवन संघर्ष, वीपी विचार, साहित्य, दर्शन र उहाँका विभिन्न पुस्तकहरुको अध्ययन विचार र विमर्सको लागि गठन गरिएको बिपि स्टडी सर्कल दैलेख जिल्ला को आयोजनामा (History Of BP Koirala) एंव दसैं तिहार २०८० को शुभकामना आदान- प्रदान कार्यक्रम भोलि हुने भएको छ ।


 उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सभापति मणिराम रेग्मी , विशेष अतिथि एंव बक्ता प्रमुख: सुचना सञ्चार तथा प्रचार बिभाग नेपाली कांग्रेस कर्णाली प्रदेश गोविन्द कोइराला ज्युको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिने भएको छ । 

वीपी स्टडी युर्थ सर्कल केन्द्रीय सदस्य ज्यु, जिल्ला पदाधिकारी तथा सदस्य ज्यु, नेपाल बिद्या!र्थी संघ जिल्ला अध्यक्ष ज्यु,ने.बि.संघको तर्फबाट निर्वाचित स्ववियु सभापति ज्यु, ने.बि.संघ गाउँपालिका तथा नगरपालिका सभापति ज्यु, ने.बि.संघ मा.बि तथा क्याम्पस इकाई सभापति ज्यु अन्य आस्थावान बिभिन्न युवा बिद्यार्थी हरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न हुने बिपि स्टडी युथ सर्कल दैलेख का प्रबक्ता नारायण रिजाल ले जानकारी दिए ।



Post a Comment

Previous Post Next Post