दैलेख र बर्दियाका बालसुलभ केन्द्रका सहजकर्ताको क्षमता अभिबृद्धी तालिम सुरु

नारायण रिजाल,दैलेख


आवाज संस्था द्धारा संचालित वाल सुलभ केन्द्रका सहजकर्ताहरुको क्षमता अभिबृद्धि तालिम दैलेखको दुल्लूमा सुरु भएको छ । सहजकर्ताहरुले गरिरहेको शिक्षण कलालाई अंझै लाभदायिक,राम्रो र गुणस्तरिय बनाउन यो तालिम संचालन गरिएको हो । हाल बर्दिया र दैलेखमा संचालित संकल्प परियोजना अन्तरगतका बर्दिया र दैलेख जिल्लाका जम्मा १६ जनाको सहभागी रहेको आवाजको जिल्ला परियोजना संयोजक प्रदिप थापाले जानकारी दिनु भएका छन् ।

आज देखि सुरु भएको तालिममा शिक्षा विद् एवं दुल्लू नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल, शिक्षण विधिको विज्ञ पुर्णकला भट्टराई र समाज शास्त्री चेतन गिरी र मध्य पश्चिम विश्व विद्यालय, व्यवस्थापन संकायको विभाग प्रमुख खेम रावतले प्रशिक्षण गर्ने छन् ।


बाल सुलभ केन्द्रले जोखिममा परेका बालबालिका तथा विद्यालय भन्दा वाहिर रहेका बालबालिकालाई लक्षित गरी संचालन गरिएको छ । जम्मा १८० जना बालबालिकाहरु लाभांवित भएको र बालबालिकाहरुकाृ संर्वागिण विकासका लागि टेवा पुराउदै आएको कुरा वडा नं. ८ का वडा अध्यक्ष सुसिल भण्डारी ले समेत जानकारी गराएका छन् ।

यस्ता बाल सुलभ केन्द्र जोखिममा परेको स्थानमा संचालन गर्नुपर्ने पनि देखिन्छ । बाल सुलभ केन्द्र संचालन पछि बाल विवाहको दरमा कमी, विद्यालय छाडेका बालबालिकाहरु नियमित विद्यालय जाने र विद्यालयमा नियमित जाने संख्यामा बृद्धि हुनका साथै बालबालिकाहरुको शैक्षिक सुधार भएको पाइएको छ । संकल्प परियोजना एक्पात लग्जम्वर्गको आर्थिक सहयोगमा दुल्लु नगरपालिकासंगको सहकार्यमा आवाजको सहजीकरणमा संचालनभएको छ ।






Post a Comment

Previous Post Next Post