नेको इन्सुरेन्स लिमिटेडले गर्यो भूकम्प पीडितहरुलाई राहत वितरण।

 नेको इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट र रुकुम पश्चिमका  भूकम्प पीडतहरुलाई राहत सामाग्री वितरण गरेको छ। विगत २७ वर्षदेखि सेवा दिँदै आइरहेको यस कम्पनीले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका  करिब ५५ घर धुरीलाई राहत सामग्री वितरणमा गरेको हो । विषम परिस्थितिमा भूकम्प पीडितहरुलाई केही सहायताका निम्ति कम्पनीले राहत स्वरुप कम्बल, तिर्पाल, खाना पकाउने भाँडा, बिस्कुट वितरण गरेको छ। 


विगतका वर्षहरुमा पनी सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको यस कम्पनीले यस वर्ष पनी भूकम्प पीडितहरुलाई राहत वितरण गरी भूकम्प प्रभावितहरुलाई सहयोग गरेको छ। उक्त राहत वितरण  कार्यक्रममा नेको इन्सुरेन्स लिमिटेड कर्णाली प्रदेशका प्रमुख रमेश बहादुर शर्माको नेतृत्वमा भएको हो। विगतका दिनहरूमा झैं  आगामी दिनमा पनी सामाजिक उत्तरदायित्वका कार्यहरु निरन्तर गर्ने भनी यस कम्पनीका 

सहायक महाप्रबन्धक रमेश बहादुर थापा ज्यूले जानकारी दिनु भयो।

Post a Comment

Previous Post Next Post