अनेरास्ववियु बाँकेले बालकुमारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै । सो घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र घटनामा संलग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बर्खास्ती तथा कानुन बमोजिम कारबाहीको लागि सरकारलाई जन दबाब सिर्जना गर्दै नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पस , खजुरा बहुमुखी, कोहलपुर बहुमुखी क्याम्पसले आन्दोलन गर्दै यदि दोषीलाई कानुन बमोजिम कारवाही नभए सम्म तीब्र गतिमा अगाडि बढ्ने अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्मा ले जानकारी दिए
मन्त्री प्रकाश ज्वालालाई सार्वजनिक कार्यक्रमहरूमा बहिस्कार अभियान सञ्चालन गर्ने, बर्खास्तको माग गर्दै बाँके जिल्ला प्रशासन अगाडि ड्रम जुलुस सहित धर्ना दिने र दुई दिन भित्र बर्खास्त नगरे सरकार विरुद्ध आन्दोलनका कडा कार्यक्रमहरू सार्वजनिक गर्ने संगठनले निर्णय गरेको अनेरास्ववियु बाँके इन्चार्ज सुमन घिमिरे बताउँछन्।
कोरिया जाने भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दाेलन गरिरहेका युवालाई भड्काउन सरकारी गाडी लिएर मन्त्री ज्वाला बालकोट पुगेपछि भिड थप उत्तेजित भएको थियो । भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा दुई जना युवाको ज्यान गएको थियो भने ज्वाला चढेको गाडीमा युवाहरूले आगो लगाइदिएका थिए ।
सो घटनाको छानबिन गर्न सरकारले समिति बनाएको थियो । समितिले घटनामा मन्त्री ज्वाला लगायत दोषी भएको प्रतिवेदन सरकारलाई बुझाइ सकेको छ । सरकारले ज्वालालाई भने बर्खास्त गरेको छैन । अहिले सम्म नगरेको यदि हामीले भनेको समय भित्र ज्वालालाई बर्खास्त नगरे अनेरास्ववियु आन्दोलित रहने अध्यक्ष प्रकाश विश्वकर्मा बताउँछन्
Post a Comment