नगरस्तरीय प्रतियोगितामा ६२ विद्यालयलाई पछि पार्दै विनसमकी रिया खड्का प्रथम

 कठमाडौं/ जेठ ३२ , ६२ ओटा विद्यालय सहभागी कागेश्वरी मनोहरा नगरस्तरीय चित्रकला प्रतियोगितामा विनसम इङ्लिस बोर्डिङ स्कुल , कागेश्वरी मनोहरा -८ 


काठमाडौंकी छात्रा रिया खड्का( कक्षा -८)ले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । हरेक प्रतियोगितामा विनसम स्कुल नै किन भन्ने सवालमा स्कुलका ECA इन्चार्ज भन्नुहुन्छ , " विद्यार्थीको आत्मविश्वास अनि विद्यालयले प्रदान गर्ने हौसला यसको प्रमुख कारण हो। " अन्तर विद्यालय प्रतियोगितामा पुरस्कृत हुने हरेक विद्यार्थीलाई विद्यालयले प्रोत्साहन स्वरुप १५०० देखि ३००० सम्म नगद पुरस्कार प्रदान गर्दै आएको कुरा इन्चार्ज राज घिमिरे बताउनुहुन्छ ।

Post a Comment

Previous Post Next Post