अन्तरविद्यालय प्रतियोगितामा विनसम स्कुलकै वर्चस्व

काठमाडौं , असार ७ गते / डिनद्वारा आयोजित ३०४ प्रतियोगी सहभागी अन्तर विद्यालय हस्तलेखन प्रतियोगितामा Winsome English Boarding School /College बाट जुनियर (१-३)नेपालीतर्फ प्रज्ज्वल चौलागाईं सान्त्वना , जुनियर(१-३)


 अङ्ग्रेजीतर्फ युनिशा तामाङ द्वितीय त्यसैगरी सिनियर (४-६) नेपालीतर्फ अध्येता ढकाल द्वितीय र सिनियर ( ४-६) अङ्ग्रेजीतर्फ अन्भी श्रेष्ठ द्वितीय स्थान हासिल गर्न सफल भएको कुरा विनसम इङ्लिस बोर्डिङ स्कुलका ECA इन्चार्ज राज घिमिरेले यात्रा मेडिया हाउसलाई जानकारी गराउनुभयो । काठमाडौंमा हुने प्रायः प्रतियोगितामा लगातार विनसम इङ्लिस बोर्डिङ स्कुलले वर्चस्व जमाउदै आएको छ ।शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको यस विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि साम्राज्य नै खडा गरेको छ उपत्यकामा । यस अगावै विनसमका रिदम घिमिरे वागमती प्रदेश स्तरीय जुनियर हस्तलेखन प्रतियोगितामा विजेतासमेत भइसकेका छन् । 


शिक्षा लगायत अतिरिक्त क्रियाकलापको क्षेत्रमा कसरी यो वर्चस्व सम्भव छ भन्ने प्रश्नमा ECA इन्चार्ज राज घिमिरे भन्नुहुन्छ 



, " शिक्षकको पेशाप्रतिको इमानदारीता , विद्यार्थीको लगनशीलता र अभिभावकको उत्प्रेरणा भए असम्भव केही छैन । हामी विद्यार्थीलाई अरूलाई जित्न होइन आफूभित्रको कमजोरीलाई जित्न सिकाउछौ । "

Post a Comment

Previous Post Next Post