शुद्ध खानेपानीकाे अभावमा भौतारिँदै मेरो छिमेकी बाईराँका गाउँका जनता..

 प्रेम सुनार,जुम्ला

 गणतन्त्र अाएकाे झन्डै १५ बर्ष पुग्दा पनि हालकाे तातोपानी गाउँपालिका वडा १ पर्ने बाईराँका गाउँमा शुद्ध खाने पानीकाे अभाव छ । यहाँका नागरिक नजिकै रहेकाे तिला कर्णाली  नदिकाे फोहाेर पानि पिउन बाध्य छन । २०६४ साल देखि पटक पटक निर्वाचनमा गाउँ अाउने र जनता लाई पानी ल्याईदिन्छु भन्दै चुनावी नारा बनाईरहेका जनप्रतिनिधि ज्यु हरूले  जितेर गए पछि गाउँमा अनुहार नै नदेखाउने गरेका छन । 


स्थानीय सरकार अाएकाे झन्डै ८ बर्ष पुग्दा पनि याे गाउँका जनता शुद्ध खाने काे अभाव मै छन । स्थानीय सरकार अाए पछि  जनताले एक दमै ठुलाे अाशा देखेका दिए तर झनै स्थानीय सरकारले निराश बनादियाे । पटक पटक यहाँका जनता अान्दोलनमा पनि उत्रिए जिल्ला धाए पहिलाकाे गाविस धाए,अहिले गाउँपालिका,प्रदेश पनि धाए तर कुनै निकाएले पनि उनिहरूकाे कुरा सुनेकाे छैन । 

सरकारले शिक्षा,स्वास्थ्य,खानेपानी निःशुल्क भनेकाे छ तर यस गाउँका जनता शुद्ध खानेपानीकाे अाभावमा बर्षै देखि भाैतारी रहेका छन ।

Post a Comment

Previous Post Next Post