वैदेशिक रोजगारी सम्वन्धि महत्वपुर्ण जानकारीहरु

वैदेशिक रोजगारीमा जाने निर्णय गरेको अवस्थामा के गर्ने ?

वैदेशिक रोजगारीमा जाने निर्णय गरेपछि वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np  मा गई वैदेशिक रोजगारीको खोजीबाट महिला वा पुरुषका लागि सम्वन्धित देश र पेसा अनुसार काम, तलव र कामदारको विवरणका सथै रोजगार व्यवसायी (म्यानपावर कम्पनी)  को सम्पर्क हेर्न सकिन्छ र आफ्नो योग्यता अनुसारको कामको तयारी तथा छनौट गर्न सकिन्छ ।

सीप तालिम

वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा सीप तालिम लिनु पर्दछ । सीप तालिम लिई वैदेशिक रोजगारीमा जाँदा हुने फाईदाहरु:-

§  तलव तथा सुविधा वढी पाउन सकिन्छ र सुरक्षित भईन्छ ।

§  काम गर्न सहज हुन्छ र काममा सम्मान प्राप्त हुन्छ । जसले गर्दा कामदारको वृत्ति विकासमा सहयोग पुग्दछ । स्वदेश फर्केर पनि सीपको सदुपयोग गर्न सकिन्छ ।

§  सीप तालिम नलिईकन नक्कली प्रमाण पत्र लिनु हुँदैन, सीप सहितको सक्कली प्रमाण पत्रले मात्र विदेशमा काम गर्नलाई सहयोग गर्दछ ।

उपलब्ध नि:शुल्क सीप तालिमहरु: वैदेशिक रोजगार बोर्ड तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले नि:शुल्क सीप तालिमहरु समेत उपलब्ध गराउँछन् | त्यस्ता तालिमहरु बारे विभिन्न माध्यम जस्तै : आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) , वैदेशिक रोजगार बोर्ड तथा श्रमाधान कल सेन्टर (११४१) बाट थप जानकारी लिन सकिन्छ ।

श्रम स्वीकृति

§  विदेशमा काम गर्न जाँदा भिजिट भिसामा जानु हुँदैन । अनिवार्य रुपमा श्रम स्वीकृति लिएर मात्र विदेशमा काम गर्न जानु पर्दछ ।

§  श्रम स्वीकृति लिएपछि वैदेशिक रोजगार बढी सुरक्षित हुन्छ । समस्या परेका बेला उद्धार, बिमा र  आर्थीक सहायता पाउन सकिन्छ । (श्रम गर्दा कल्याणकारी कोषमा बुझाईने रकमले कामदारलाई अप्ठ्यारो परेका बेला आर्थिक सहायताको हकदार बनाउँछ ) ।

§  श्रम स्वीकृति बिनाको वैदेशिक रोजगार असुरक्षित मात्र होईन गैर कानुनी  पनि हुन्छ । 

§  श्रम स्वीकृति अनलाईनबाट गरिन्छ र अनलाईन फारम भर्दा प्राप्त हुने युजर आइडी र पासवर्डलाई सुरक्षित र गोप्य राख्नु पर्दछ ।  श्रम स्वीकृतिको युजर आइडी भनेको तपाईंको सबै भन्दा नयाँ पासपोर्ट नम्वर हो ।

§  श्रम स्वीकृतिको अवस्था थाहा पाउन, अर्को पटक पुन: श्रम स्वीकृति लिन वा कानुनी सहयोगको लागि यो आवश्यक हुन्छ ।

§  श्रम स्वीकृतिसँग सम्बन्धित कामहरु प्रदेशस्थित श्रम कार्यालयहरु र व्यक्तिगत तथा पुनःश्रम स्वीकृतिको प्रक्रिया स्थानीय स्तरमा रोजगार सेवा केन्द्रहरु मार्फत पनि हुन्छ । श्रम स्वीकृतिबारे थप जानकारी वैदेशिक रोजगार विभागको हटलाइन नम्बर +९७७—९८५१३३४१०८ बाट पनि लिन सकिन्छ ।

§  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अब मासिक २३ सय ८ रुपैयाँ जम्मा गरेर सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउँछन् । श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिंदा आफैं सामाजिक सुरक्षा कोषमा आवद्ध भईन्छ ।

भरपाई तथा प्रमाण

§  नेपाल सरकारवाट स्वीकृति प्राप्त वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) लाई मात्र राहदानी र पैसा दिनुपर्छ ।

§  पैसा दिंदा बैंक वा वित्तीय संस्था मार्फत कारोवार गरि त्यसको स्क्रिन सट, मेसेज वा स्टेटमेन्ट राख्नु पर्छ ।

§  राहदानी दिएको वा अन्य तरिकाबाट कारोवार भएको छ भने पनि, त्यसको भौचर, रसिद, भरपाई, तमसुक वा प्रमाण अनिवार्य लिनु पर्छ ।

§  काम तथा तलव फरक परेमा वा ठगीमा परिएमा क्षतिपूर्ति लिन वा न्याय पाउन रसिद वा भरपाईले प्रमाणको काम गर्छ ।

§  साथै, वैदेशिक रोजगारीको क्रममा स्वदेशमा वा विदेशमा कोही ठगी तथा अप्ठ्यारोमा पर्नु भएको छ भने सहजीकरण/सहयोगका लागि जिल्ला प्रशासन कार्यालयका लागि आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष)  वा श्रमाधान कल सेन्टरमा सम्पर्क गर्नु होला ।

कागज पत्रको सुरक्षा

§  सवै कागज पत्रहरु ( जस्तै:, पासपोर्ट, भिसा, सम्झौता-पत्र, रकम तिरेको भरपाई, बिमाको कागजात, मेडिकल रिपोर्ट, श्रम स्वीकृति गरेको कागजात) सुरक्षित राख्नु पर्छ ।

§  श्रम स्वीकृति गर्दा प्राप्त हुने युजर आइडी र पासवर्ड (User ID and Password) पनि सुरक्षित राख्नु पर्छ ।

§  पुन: श्रम स्वीकृतिका लागि युजर आइडी र पासवर्ड (User ID and Password) आवश्यक हुन्छ । तपाईंको सबै भन्दा नयाँ पासपोर्ट नम्वर नै श्रम स्वीकृतिक लिंदाको युजर आइडी  (User ID)  हुन्छ ।

§  त्यसैले आफु र आफ्ना परिवार सदस्यसंग पासपोर्टको कपी वा पासपोर्ट नम्बर र अनलाईन श्रम गर्दा प्राप्त हुने  पासवर्ड हुन अत्यावश्यक छ । श्रम स्वीकृतिको अवस्था थाहा पाउन, अर्को पटक पुन: श्रम स्वीकृति लिन वा कानूनी सहयोगको लागि यो आवश्यक हुन्छ ।

नेपालको विमानस्थल प्रयोग

§  वैदेशिक रोजगारीमा जाँदा आफ्नै देशको विमानस्थलबाट मात्र जानु पर्दछ ।

§  भारत तथा अन्य देशको विमानस्थल प्रयोग गर्दा ठगीमा वा अलपत्रमा पर्ने सम्भावना हुन्छ ।

§  अन्य मुलुकको विमानस्थल प्रयोग गरी जानु नै परेमा पनि वैदेशिक  रोजगार विभागबाट अनिवार्य रुपमा श्रम स्वीकृति लिनु पर्दछ ।

सहयोगी संस्थाहरु

§  वैदेशिक रोजगारीमा जाँदा आफु जान लागेको मुलुकमा रहेको नेपाली दुतावास, श्रम सहचारी तथा अन्य सहयोगी संस्थाहरुका बारेमा जानकारी राख्नुपर्छ ।

§  सहयोगी निकायहरुको सम्पर्क नम्बर र ठेगाना लिएर जानुपर्छ । सहयोगी निकायहरुको सम्पर्क नम्बर र ठेगाना भएमा समस्या परेका वेला  आवश्यक सहयोग लिन सहज हुन्छ ।

§  सहयोगी निकायहरुको सम्पर्क नम्बर र ठेगाना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड , वैदेशिक रोजगार विभागको वेवसाइट तथा फेसबुक पेज र श्रमाधान कल सेन्टरबाट पनि प्राप्त गर्न सकिन्छ ।

§  वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको लागि निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध छ । सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा विदेशबाटै भाईबर, इमो तथा ह्वाट्सप (+९७७–९८५१३४५७०१ र ९८५१३४५७०२) मार्फत सम्पर्क गरी स्वास्थ्य समस्यामा परामर्श लिन सक्नुहुन्छ ।

महिलाका लागि उपयोगी जानकारी

अनुमतिप्राप्त रोजगार व्यवसायी (म्यानपावर) मार्फत साइप्रस र जोर्डन जान बाहेक घरेलु कामको लागि जान सरकारले रोक लगाएको छ । तर अन्य देशहरुमा पहिलेदेखी नै घरेलु श्रमिकका रुपमा काम गरिरहेका तर सरकारी बन्देजको कारण बिदामा समेत घर नफर्केका श्रमिकले पुनः सोहि घरमा काम गर्न जान चाहेमा पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था नेपाल सरकारले गरेको छ ।

§   नेपाल फर्केर श्रम गर्न चाहने नेपाली श्रमिकले आफू कार्यरत देश स्थित नेपाली राजदुतावासमा गएर दुतावासले उपलब्ध गराउने अनुसूची ८ फारम भर्नुपर्दछ । फारम भर्न केही शुल्क लाग्छ । भरेको अनुसूची ८ फारम दुतावासले प्रमाणित गरेर श्रम कार्यालयमा पठाएको हुनुपर्छ ।

§  घरेलु श्रमिकका रुपमा कार्यरत रहेकाहरुले पुनःश्रम स्वीकृति लिनका लागि सम्बन्धित देशबाट पनि प्रक्रिया गर्न सक्छन् । यसको लागि रोजगारदाता (कफिल) को आइडी, तलब, भत्ता लगायतका अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र र स्वघोषणा पत्र पनि पेश गर्नुपर्छ ।

§   काम गरिरहेको घरसंगको करार सम्झौता आवश्यक पर्छ ।

§   घरेलु कामदारको रूपमा विदेश जाँदा अधिकांश कामहरू विद्युतीय उपकरणहरूबाट गर्नुपर्छ । तसर्थ विद्युतीय उपकरणहरू सञ्चालन गर्ने सीप सम्बन्धी ३० दिने तालिम अनिवार्य लिनुपर्दछ ।

§   महिलाको हकमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिँदा आफूले तिरेको शुल्क वैदेशिक रोजगार बोर्डबाट शोधभर्ना (फिर्ता) पाइन्छ ।

§   घरेलु कामदार विदेश पठाउने रोजगार व्यवसायीले गन्तव्य मुलुकमा कामदार पठाए बापत रोजगारदाताबाट पहिले नै कमिसन लिइसकेका हुन्छन् । त्यसैले, घरेलु काममा जान कुनै पनि प्रकारको शुल्क वा रकम बुझाउनु पर्दैन

वैदेशिक रोजगारी सम्बन्धि थाहा पाउनु पर्ने केही कानुनी कुराहरु

गन्तव्य मूलुकमा पुगे पश्चात स्वास्थ्यको कारणबाट अयोग्य भई नेपाल फर्किनु परेमा नेपाल आएको मितिले ९० दिन भित्र क्षतिपूर्तीको लागि वैदेशिक रोजगार विभाग वा बोर्डमा निवेदन दिनु पर्दछ । त्यसका लागि गन्तव्य मुलुकमा स्वास्थ्य परिक्षण गर्दाको स्वास्थ्य प्रतिवेदन र आफू विदेश जाँदाका सम्पूर्ण कागजातहरु पेश गर्नु पर्दछ ।

§  श्रम स्वीकृतिको अवधि भित्र दुर्घटनामा परेमा वा मृत्यू भएमा वैदेशिक रोजगार बोर्ड र सम्वन्धित बिमा कम्पनीबाट आर्थिक सहायता प्राप्त गर्न सकिन्छ । वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने आर्थिक सहायताको लागि सम्वन्धित स्थानीय तह मार्फत उजुरी दिन सकिन्छ ।

§  करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्ष भित्र कुनै कारणले श्रमिकको मृत्यू  वा अंगभंग वा गम्भिर प्रकृतिको बिरामी भएमा आर्थिक सहायता पाईन्छ । त्यसको लागि स्वदेश फर्केको मितिले एक वर्ष भित्र निवेदन दिई सक्नु पर्दछ ।

§  गन्तव्य मुलुकमा हुँदा दुर्घटनामा परी वा बिरामी भई उपचार गराउँदा डाक्टरको पुर्जी, औषधी किनेको बिल र उपचारसँग सम्वन्धित अरु कागज पत्रहरु पनि सुरक्षित राख्नु पर्दछ । नेपाल फर्केपछि वैदेशिक रोजगार बोर्ड र सम्वन्धित बिमा कम्पनीबाट आर्थिक सहायता प्राप्त गर्न सजिलो हुन्छ ।

§  गन्तव्य मुलुकमा काम गर्दा कम्पनी, काम, तलब वा अन्य सेवा सुविधा फरक परेमा नेपाल फर्केको मितिले एक वर्ष भित्र वैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिन्छ । त्यसका लागि आफुसँग भएका कागज पत्रहरु सुरक्षित राख्नु पर्दछ ।

§  वैदेशिक रोजगारी सम्बन्धि ठगी मुद्दामा सम्बन्धित जिल्ला स्थित प्रमूख जिल्ला अधाकरी समक्ष पनि उजुरी दिन सकिन्छ ।

§  नेपालमा भएका ठगीका लागि उजुरीको हद म्याद हुँदैन ।

§  वैदेशिक रोजगारीको नाममा हुने मानव वेचबिखन सम्बन्धि उजुरी नेपाल प्रहरी समक्ष दिनु पर्दछ ।

Post a Comment

Previous Post Next Post