+२ को सत् प्रतिशत रिजल्ट दिने विनसम स्कुल SEE परीक्षामा पनि १० जनाको ३.९६ GPA र बाँकी सबैको A + सहित अग्र स्थानमा ।


  कागेश्वरी मनोहरा - ८ स्थित काठमाडौंको विनसम इङ्लिस बोर्डिङ स्कुल +२ , कागेश्वरी मनोहरा तथा गोकर्णेश्वर नगरपालिका क्षेत्रकै सत् प्रतिशत उत्कृष्ट नतिजा दिने + २ अन्तर्गत पर्दछ ।  

विशेषगरी सिन्धुपाल्चोक र आसपास क्षेत्रका विद्यार्थीहरूको रोजाइमा परेको यस + २ मा विशेषगरी Hotel Management , Computer Science , Business Studies को पढाइ हुन्छ । 


   काठमाडौैं उपत्यकाभित्र को जोरपाटी आसपासको क्षेत्रमा रहेर कक्षा ११ मा गुणस्तरीय शिक्षा आर्जन गर्न चाहने विद्यार्थीका लागि उत्तम विकल्प हो विनसम कलेज ।

 २०६० सालमा स्थापना भएको यस विद्यालयले पछिल्लो समय गुणस्तरीय र समयानुकुल शिक्षाका कारण आफ्नो फरक पहिचान स्थापित गर्न सक्षम भएको छ। 

करिब १५०० विद्यार्थी अध्ययन गर्ने यस विद्यालय +२, ले २०८० को SEE परीक्षामा समेत १० जनाको ३.९६ GPA सहित सबै विद्यार्थीको सत् प्रतिशत A+ ( ३.६० - ४ GPA ) नतिजा ल्याउन सफल भएको थियो ।

" सबै विद्यार्थीको पहुँच पुग्ने शुल्क , अतिरिक्त क्रियाकलापका साथै गुणस्तरीय र समयानुकुल शिक्षामा विशेष जोड र विशेषगरी पारिवारिक वातावरण नै सबै विद्यार्थी र अभिभावकको रोजाइ हुनु हो ", विनसम इङ्लिस बोर्डिङ स्कुल , +२ सहायक कोअर्डिनेटर तथा ECA इन्चार्ज राज घिमिरे बताउनुहुन्छ ।

विनसम स्कुलबाट SEE - २०८० परीक्षामा ७४ जना विद्यार्थी सहभागी थिए ।

Post a Comment

Previous Post Next Post