देउखुरी बैंकर्सको तेस्रो साधारण सभा सम्पन्न

 देउखुरी, १९ साउन ।

 देउखुरी बैंकर्सको तेस्रो साधारणसभा शनिबार लमहीमा सम्पन्न भएको छ । लमही नगरपालिकाका नगर उपप्रमुख लक्षमी योगीले साधारण सभाको उद्घाटन गर्नु भयो । देउखुरी बैंकर्सका अध्यक्ष उत्सव श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको सभालाई सम्वोधन गर्दै योगीले विपन्न नागरिकहरुको आर्थिक अवस्था सुधार गर्न लघु उद्यम र साना किसानमा लगानी बढाउन आवश्यक रहेको बताउनु भयो । 


सो अवसरमा राष्ट्रिय बाणिज्य बैक लमहीका प्रबन्धक रामप्रसाद पौडेलले बैंकर्स संस्थाको स्थापनाले देउखुरी उपत्यकामा रहेका बिभिन्न शाखाका कर्मचारी संग साक्षात्कार हुने अबसर जुरेको बताउनु भयो । बैंकर्समा लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा स्थापना भएका बैंकमा कार्यरत कर्मचारीहरु आवद्ध छने । सो अवसरमा कर्णालाी विकास बैंक गढवा शाखाका प्रबन्धक राजन वली, माछापुच्छ्रे बैंक लमहीका शाखा प्रमुख दिनेश बोहरा, ग्लोबल आईएमई बैंक भालुबाङका शाखा प्रमुख प्रेमबहादुर थापा, रेडियो हाईवे लमहीका निमित्त प्रबन्ध निर्देशक लिला शाह, दिपक कुमार पाण्डेय लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमा कृषि बिकास बैंक लमहीका प्रमुअ शिबप्रसाद चौधरी लाई सम्मान गरिएको थियो । देउखुरी बैंकर्सका कोषाध्यक्ष हर्क बहादुर ऐरको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष कुवरले गर्नु भएको थियो । साधारण सभाले तेजबहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सागर थापा, सचिवमा देवबहादुर खड्का, कोषाध्यक्षमा सरोज बस्नेत, सदस्यहरुमा निहाल अख्तर, मधुमायाँ कार्की, सरिता थापा रहनु भएको छ ।

Post a Comment

Previous Post Next Post