दुल्लू अस्पताल किशोरकिशोरीमैत्री अस्पताल प्रमाणीकरण

दैलेख । दुल्लू अस्पताल किशोरकिशोरीमैत्री स्वास्थ्य चौकी प्रमाणीकरण भएको छ । किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेपछि दुल्लू अस्पातल लाई सोमबार एक कार्यक्रमकाबीच किशोरकिशोरीमैत्री प्रमाणीकरण गरिएको हो ।







किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाण पत्र प्रदान गरिएको दुल्लू नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर शाहीले बताए । किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका ८ वटा मापदण्ड कम्तीमा ८० प्रतिशत सूचक पूरा गरेको हुनुपर्ने उनले जानकारी दिए ।

दुल्लोप नगरपालिका स्वास्थ्य शाखा दैलेखले किशारकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणिकरणका लागि दुल्लू नगरपालिका अन्तगर्तका २ वटा स्वास्थ्य संस्थाहरुलाई छनौट गरेको थियो जस अनुसार किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ अनुसारको मापदण्ड पुरा गरेको दुल्लू अस्पताललाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको स्वास्थ्य शाखा प्रमुख शाहीको भनाई छ ।

यस कार्यक्रमबाट किशोरकिशोरीहरु निर्धक रुपमा गोपनीयताका साथ छुट्टै कक्षबाट किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लिनेमा विश्वस्त रहेको दुल्लू नगरपालिका उपप्रमुख बिना कार्लेकी जानकारी दिईन् । यो सेवा किशोर किशोरीले बिकृति बचाउने नभई सहि सेवा लिई सदुपयोग गर्ने र समस्यामा परेका किशोर किशोरी लाई आवश्यक परे दुल्लू नगरपालिकामा मनोसामाजिक परामर्श कक्ष संचालनमा भएको समेत जानकारी दिनु भयो जसमा दुल्लू अस्पतालले ९२ प्रतिशत सूचक पूरा गरेकाले किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको उनले बताइन् ।
यस्तै दुल्लू नगरपालिका नगर प्रमुख तथा दुल्लू अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत प्रसाद रिजालले दुल्लू अस्पताललाइ किशोर किशोरी मैत्री स्वास्थ्य संस्था बनाउन सहयोग गर्नुहुने स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका सदस्यहरु , स्वास्थ्य संस्था ईन्चार्ज, दक्ष स्वास्थ्य कर्मी लगायत किशोरकिशोरी मैत्री कक्ष निमार्णका लागि प्राविधिक तथा सामग्री सहयोग गर्ने सेभ द चिल्डेन, एभरेष्ट क्लव पावर परियोजनालाई धन्यबाद व्यक्त गर्नु गरे । उनले किशोरकिशोरी मत्री स्वास्थ्य संस्था प्रमाणिकरण गर्ने कार्य कर्णाली प्रदेशमै नयाँ भएकाले यसको प्रभावकारी कार्यन्वयनमा जोड दिन अनुरोध गर्दै आगामी दिनमा किशोरकिशोरी लक्षित कार्यक्रम समुदाय स्तरमा प्राथामिकताका साथ संचालन गर्ने जानकारी दिए ।

कार्यक्रममा दुल्लू नगरपालिका वडा नं– ५ का वडा अध्यक्ष पूर्ण प्रसाद रिजाल ,जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, एभरेष्ट क्लव पावर परियोजनाका प्रतिनिधि, बिद्यालय शिक्षक, बिद्यालयका नर्स, महिला स्वास्थ्य स्वयंमसेविका लगायत किशोरकिशोरीहरुको सहभागीता रहेको थियो ।

Post a Comment

Previous Post Next Post