प्रवेश सिंह ठकुरी,मंसिर १६ सुर्खेत
मंसिर १५ र १६ गते अर्थात सनिबार र आईतबार KFB र आवाज संस्थाको साझेदारिमा सीमान्तकृत महिला र बालिकाहरुको न्याय र अधिकार पहुँचको लागि सशक्तीकरण परियोजना अन्तर्गत स्थानीय तहमा रहेका विभिन्न समितिहरु बन ,खानेपानी उपभोक्ता समिति महिला समूह,किशोरी समूह,बिद्यालय ब्यवस्थापन समिति टोल बिकास समितिका महिला पदाधिकारीलाई महिलाको अर्थपूर्ण सहभागी र नेतृत्व बिकास २ दिने तालिम,
नेतृत्व बिकास २ दिने तालिममा सदस्यहरुलाई समुह व्यवस्थापन,बैठक संचालन,समुहको आवश्यकता र समुहको वार्षिक योजना निर्माण , नेतृत्व विकास क्षमता अभिवृद्धि गराउने उद्देश्य को लागि तालिम संचालन गरिएको हो।
तालिममा विभिन्न किसिमको समुह कार्य लाई झल्काउने भिडियो,विभिन्न कथाहरु संगै सहभागितामूलक औजारहरुको प्रयोग गरी सबै सहभागिहरु लाई समूह कार्य,छलफल , प्रर्दशन,समुह प्रस्तुति,अन्तरक्रिया गराएर तालिमलाई प्रभावकारी रुपमा सिकाई लाई आदानप्रदान का साथ तालिम सहजीकरण गरिएको थियो आवाज सुर्खेतकी मनो विमर्श कर्ता सन्जु एरी ज्यूले बताउनुभयो ।
Post a Comment