भूमि आयोग जुम्लाको अध्यक्षमा सुरतबहादुर शाही नियुक्त ।

 प्रेम सुनार 

नेपाल सरकारले भूमि आयोग अत्यादेश ल्याएसँगै हाल ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्याहरूलाई समाधान गर्नका लागि जिल्ला जिल्लामा आयोगहरू गठन गरिरहेको छ ।

जसमा जुम्ला जिल्लाबाट सुरतबहादुर शाहीलाई नियुक्ति गरिएको छ । २०८१ साल १० महिना ४ गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी ज्यूले नियुक्ति गर्नुभएको हो ।

समग्र जुम्ला जिल्ला भित्र बसोबास गर्ने भूमिहीन सुकुम्बासी अरुको समस्या समाधान गर्नका लागि उहाँलाई नियुक्ति गरिएको हो । 

जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं ८ बस्ने सुरतबहादुर शाही नेकपा एमाले पूर्व उपाध्यक्ष पनि हुन्। 

जुम्ला जिल्ला मा ८ वटा स्थानीय तह र ६० वडाहरू रहेका छन् । उहाँले जुम्ला जिल्लाभित्रका सम्पूर्ण ८ वटा स्थानीय तह र ६० वटा वडाहरूसँग सहकार्य र समन्वय गरेर भूमिहीन सुकुम्बासीका समस्यालाई समाधान गर्ने बताउनु भयो । जुम्लामा कैयौँ वर्षदेखि सरकारी जग्गा हडपेर बसेका र कयौँ घरबारविहीन भएका व्यक्तिहरूका समस्याहरूलाई समाधान गर्ने बताउनु भयो । 

जुम्ला जिल्लाभित्र सरकारी जग्गा हरू अतिक्रमण गरेर बसेका हरूलाई  विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गरेर यस्ता समस्याहरुलाई निर्मूल पार्ने बताउनु भयो ।


Post a Comment

Previous Post Next Post