नवनिर्वाचित पदाधिकारीहरूमा संरक्षक नरेश मेहता र विष्णु थापा रहेका छन्। अध्यक्षमा श्याम अर्याल चयन भएका छन् भने वरिष्ठ उपाध्यक्ष महेन्द्र सापकोटा, उपाध्यक्ष अर्जुन थापा, बाबू भुवन, शोभा अर्याल, महिला उपाध्यक्ष जयन्ती शर्मा, महासचिव मनोज भुसाल, सचिवहरू रुपक केसी, दुर्गा कुवँर ऋषि, गुल्सन शाह, उद्धव नेपाल चयन भएका छन्।
त्यसैगरी, कोषाध्यक्षमा दामोदर भुसाल, सह-कोषाध्यक्षमा जीवन भट्टराई, युवा संयोजकमा कृष्णप्रसाद न्यौपाने, सञ्चार विभाग प्रमुखमा निरज न्यौपाने चयन भएका छन्। सक्रिय सदस्यहरूमा योगेन्द्र दाहाल, कुल बिक्रम शाह, चेतन ढुंगाना, महेन्द्र पौडेल, गोबिन्द अधिकारी, सागर थापा, वेद प्रसाद काफ्ले, दिनेश पाण्डे, मिलन सापकोटा, गुरुदत्त डुम्रे, सुन्दर पौडेल, कमल न्यौपाने, प्रकाश अधिकारी, सिर्जना कार्की, अर्जुन अर्याल रहेका छन्।
आठौं अधिवेशन तथा साधारण सभाको संयोजन कमल भण्डारी आर्यले गरेका थिए। नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्य अनुरूप सनातन धर्म, साहित्य तथा संगीत प्रवर्द्धनका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
Post a Comment