आवाजकी सस्थापक अधक्ष्य इराधा गौतम ज्यूले आज आवाज संस्थाको २५औं स्थापना वार्षिक उत्सवको उपलक्ष्यमा मुक्तक मार्फत शुभकामना दिनुभएको छ।
आवाज,
तिमी छौं र त हामी छौं
आज तिम्रो २५ वर्ष पुरा भएको दिन
तिमी महिला समूह, बाल समूह,
युवा समूहहरु सबैतिर छाएको छौं रे
हामी तिम्रो सर्वत्रको
गुनगान सुन्दा हर्षित छौ
तिम्रो उपस्थितिले कयौ
महिला र बालबालिकाले न्याय पाएका छन् रे
आवाज,
तिमी सहि समय र भूगोलमा जन्मेका छौ
जहाँ अझै महिला र बालबालिकाको
अवस्था कर्णाली क्षेत्रमा कम्जोर छ
जब म गाउॅ गाउॅका
घरहरुमा पुग्छु
महिला र बालबालिकाको आवाज
शून्य मात्रै होइन,पिडैपिडामा देख्छु
हक,अधिकार र संरक्षणको गुञ्जन
हराएको भेट्छु,
उनीहरूको पीडा घटाउन
नजिकबाट न्याय र समानताको
स्पर्श गराउन खोज्दा
उनीहरुको अनुहारमा खुशी देख्छु
मलाई लाग्छ
तिमी ! सहि समयमा जन्मेको रहेछौ
आवाज,
तिम्रो कारणले म लगायत
म जस्ता धेरै छोरीहरुको
पहिचान भेटिएको छ,
स्थानीय, प्रदेश र संघीय सरकारबाट
माया, साथ र सम्मान मिलेको छ
तिमी सधैभरि
महिला र बालबालिकाको
न्यायको पक्षमा उभिनु
तिमी यसरी नै दियो बाल्दै,
आशाको किरण छर्दै जानु है !
तिमी सधैसधै यस्तै मुस्कुराउँदै छिर्नु
आवाज बिहिनहरुको आवाज बन्नु
महिला र बालबालिकाको
हितको लागि काम गर्दै अघि बढ्नु
आवाज,
तिमी महान् छौं
जहाँ १२०० भन्दा बढी जोडिए
न्याय र समानताले भरिए
तिम्रो कारणले स्टाफ हरु
लैंगिक हिंसा बिरुद्ध काम गर्ने
अनुभव गर्न पाएकाछन्
तिम्रै नामको कारण
बाल हेल्प लाइन संचालन भएर
धेरै बालबालीका खुशीले रमाएका छन्
आज हामी धेरै खुशी छौ
जसले हिंसा प्रभावितको
आवाज सुन्न र उठाउन सकेको छ
आवाज !
आवाज !
विहिनहरुको पनि आवाज हो
हिंसा र पिडाहरुको
सम्बोधनको माध्यम हो
आवाज ! तिमीलाई
२५ बर्षे उर्जा भरिएको जीवनको
हृदयभरिको शुभकामना !!
Post a Comment