दक्षिण कोरियामा नेपाली कला, संस्कृति तथा परम्परालाई प्रवासमा पनि प्रवर्द्धन गर्ने उद्देश्यले "सनातन साहित्य सङ्गीत साधना समूह" पाँच-स दक्षिण कोरिया द्वारा आउँदो मार्च १६, २०२५ (आईतबार) का दिन 한강 होली महोत्सव २०२५ आयोजना गरिने भएको छ। विविध सांस्कृतिक कार्यक्रमसहित हुने यो विशेष उत्सवमा कोरियावासी नेपाली समुदायलाई सहभागिता जनाई रङ, संगीत र संस्कृतिको मजा लिन हार्दिक निमन्त्रणा गरिएको छ।
होली महोत्सव सउलको 용산구स्थित 한강 नदी किनारमा आयोजना हुनेछ। कार्यक्रम मध्यान्न १२ बजे सुरु हुनेछ भने सहभागिताका लागि नजिकैको इछोन स्टेशन (लाइन नं ४, गेट नं ४) बाट सजिलै पुग्न सकिनेछ। आयोजक समूहका अनुसार कार्यक्रमको माध्यमबाट प्रवासी नेपालीबीच आपसी सद्भाव बढाउनुका साथै नेपाली परम्परा, संस्कृति र चाडपर्वको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ।
यस विशेष अवसरमा सहभागी भई कोरियामा पनि होली पर्वको रौनक थप्न आयोजकहरूले अनुरोध गरेका छन्। रंग, नृत्य, संगीत तथा मनोरञ्जनसहित हुने महोत्सवमा उपस्थित भई संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउन सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।
Post a Comment