कोरियामा नेपाली समुदायका लागि साझा साँस्कृतिक घर र पुस्तकालयका लागि पढ्ने र बाड्ने : पुस्तक संकलन अभियान

दक्षिण कोरियामा नेपाली कला र संस्कृतिलाई प्रवर्धन गर्दै आएको आध्यात्मिक तथा धार्मिक संस्था सनातन साहित्य सङ्गीत साधना समूह, पाँच सले साझा साँस्कृतिक घर, मन्दिर तथा पुस्तकालय सञ्चालन गर्दै आएको छ। नेपाली समुदायलाई एकताबद्ध गर्दै ज्ञानको प्रवाहलाई निरन्तरता दिन यस संस्थाले पुस्तकालय विस्तारको क्रममा पुस्तक सङ्कलन अभियान सञ्चालन गर्न लागेको कुरा पाँच सका अध्यक्ष श्याम अर्यालले बताउनु भयो। 


पुस्तकालयमा हाल पुस्तकको अभाव भएकाले नेपाली समुदायका सदस्यहरूलाई ज्ञान बाँड्ने यस अभियानमा सहभागी हुन आग्रह गरिएको छ। ज्ञान बाँड्न पुण्य कमाउने सोच राख्ने सबैलाई आफुले अध्ययन गरिसकेको पुस्तक दान गरी सहयोग गर्न अनुरोध गरिएको छ। नेपाली समुदायका लागि ज्ञान र अध्ययनको वातावरण सिर्जना गर्ने लक्ष्यका साथ सञ्चालन गरिने यस अभियानमा देश-विदेश तथा विशेषगरी कोरियामा रहने नेपालीहरूलाई पुस्तक दान गरी अभियानलाई सफल बनाउन अभियान संयोजक जयन्ती घिमिरेले अनुरोध गर्नुभएको छ।

अन्य जानकारीका लागि:
📞 ०१०-९७७८-९२०७ (अभियान संयोजक: जयन्ती घिमिरे)
📞 ०१०-४५६३-९३३१ (अध्यक्ष: श्याम अर्याल)
📞 ०१०-५८५९-२६०६ (वरिष्ठ उपाध्यक्ष: महेन्द्र सापकोटा)

“विद्या धनं सर्वधनं प्रधानम्” – शिक्षा नै सबैभन्दा ठूलो सम्पत्ति हो। तपाईं हाम्रो सानो प्रयास – पढ्न र पढाउनलाई 📚 कोरियामा गरौँ पुस्तक दान – पाँच सलाई! 📖🙏

Post a Comment

Previous Post Next Post