दुई कदम” बोलको गीत (BNF Production) युटुब च्यानलबाट सार्वजनिक ।

 काठमाडौं। चर्चित निर्देशक बिशाल नेपालीको निर्देशनमा निकै रमाइलो माया  पिरतीको “दुई कदम” बोलको गीत (BNF Production) युटुब च्यानलबाट सार्वजनिक भएको छ।




उक्त गीतको शब्द, संगीत र आवाज रबिन भुसालको रहेको छ। साथै गीतको भिडियो निर्देशन बिशाल नेपालीले गरेका हुन् भने, छायांकन दिनेश पराजुलीको रहेको छ भिडियोमा आयुष खान र अश्विनी शाहीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।



आधुनिक शैलीमा तयार पारिएको यस गीतले माया, पिरतीको भावनालाई प्रस्तुत गरेको छ, जसमा  बिशाल नेपालीको निर्देशनको विशेष प्रशंसा गरिएको छ ।

Post a Comment

Previous Post Next Post