क' कर्णाली
वर्णामालाको पहिलो अक्षर क
क बाट कर्णाली आउँछ
तेस्तै क बाट काठमाडौ
हरेक कामको सुरुवात काठमाडौ बाट
तर
अन्त्य कहिलै कर्णाली मा हुन्न किन ?
पालो नै न आई सकिन्छ
कुहिएको चामलले यहाँको पेट भरिन्छ
आकाश बाटै सुन्दरता हेरिन्छ, गरिबी हेरिन्छ
सुन्दरता देखिन्छ देखिन्न गरिबी
लेखिन्न रातो किताब मा बजेट,
बजेट कर्णालीको काठमाडौ मै छरिन्छ
भरिन्छ शक्तिशाली नेताका चुनाव क्षेत्र
परारै मुग्लान गको दौतरी
नुन किन्ने पैसा त घरमा पठायो होला
सुन किन्न पैसा पठायो होला त ?
आमालाई सुख ल्याउछु भन्थ्यो
आफैले दुख भिरे जस्तो छ ...
जवानी दाउमा राखेर
लालपुर्जा साहुकोमा राखेर
कर्णाली बगेजसरी उ पनि बगेरै गयो
बाफ जस्तै बनि के फर्केलात ?
फेरि
कर्णाली भन्ने आवज बोकेर
कर्णाली लेख्ने कलम बोकेर ...
जति कर्णाली लामो उति यहाको दु:ख लामो
न बिसाउन मिल्ने भारी छ न चौतारी
न त दुख साट्ने दौतरी,
"क" कर्णाली ।
Post a Comment