रावल महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा नेविसंघबाट स्ववियु सभापतिमा भिड्दै

 नेपालगञ्ज । नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापतिको उम्मेदवारमा सन्तोष रावललाई अगाडि सारेको छ । रावलसंगै स्ववियु. सभापतिमा संयुक्त प्यानलका हरेन्द्र बहादुर विक, अनेरास्ववियुका केशरजंग शाह र समावेशी विद्यार्थी समूहबाट निशान थारुले प्रतिष्पर्धा गर्दैछन् । 


महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज स्ववियु निर्वाचन समितिको कार्यालयले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । यस्तै सचिवमा नेविसंघबाट सत्येन्द्र प्रसाद श्रेष्ठ, संयुक्त प्यानलका दिपेन्द्र केसी, अनेरास्ववियुबाट चिरञ्जिवी बुढा र समावेशी विद्यार्थी समूहबाट टेकराज कँडेल प्रतिष्पर्धामा छन् । कोषाध्यक्षमा पनि क्रमशः सिर्जना पौडेल, विष्णु कनौजिया, सुरेन्द्र रावल र महेश शर्माबीच प्रतिष्पर्धा हुनेछ । 

नेविसंघबाट उम्मेदवार बनेका रावलले आफूले नेतृत्व गरेको समूहमा समावेशी र जुझारु युवाहरु रहेकाले विद्यार्थीहरुको अपेक्षा र चाहना अनुसार काम गर्न सक्ने बताए । उनले नेविसंघले नै सबै विद्यार्थीको भावना बुझ्न सक्ने भन्दै मतदान गर्न आग्रह गरेका छन् । "विद्यार्थीहरुको सुखदुःखमा संगै रहेर निरन्तर काम गरेका छौं," रावलले भने-"पक्कै पनि उचित र सही मूल्यांकन गर्नुहुनेछ भन्ने उच्च मनोबलका साथ हाम्रो टिम चुनावी मैदानमा उत्रिएको छ, हामीमाथि विद्यार्थी साथीहरुको भरोसा छ ।"

Post a Comment

Previous Post Next Post