नेपालगञ्जमा इसेवा र जिएसएमएको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन ।

नेपालगञ्ज, चैत २ – नेपालकै अग्रणी डिजिटल वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।




नेपालगञ्जस्थित सिटी प्यालेस होटलमा आयोजित उक्त कार्यक्रम इसेवा एजेन्ट तथा मर्चेन्टहरूका लागि लक्षित गरिएको थियो। कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासँगै लगानी (इनभेस्टमेन्ट) तथा अनलाइन ठगी (फ्रड) बाट कसरी जोगिने भन्ने विषयमा इसेवा नेपालगञ्ज शाखाका महेन्द्र रानाले प्रशिक्षण दिएका थिए।


त्यस्तै, जिएसएमएका प्रतिनिधिले डिजिटल साक्षरताका साथै इसेवा एजेन्ट र मर्चेन्टहरूको भूमिका कस्तो रहन्छ भन्ने विषयमा जानकारी गराएका थिए। जिएसएमएका आधिकारिक प्रतिनिधि दिनानाथ भण्डारीले प्राकृतिक प्रकोपबाट कसरी जोगिने र त्यस अवस्थामा इसेवा एजेन्टहरूको भूमिका कस्तो हुन सक्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरेका थिए।


इसेवाले विभिन्न माध्यमबाट नेपालगञ्ज क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै इसेवा नेपालगञ्ज शाखाका प्रमुखले आगामी दिनहरूमा अझ सशक्त रूपमा जनतामाझ उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे।



प्रशिक्षण कार्यक्रममा बाँके र बर्दिया जिल्लाका इसेवा एजेन्ट तथा मर्चेन्ट गरी कुल ३५ जनाको सहभागिता रहेको थियो।


इसेवा नेपालकै अग्रणी डिजिटल वालेट सेवा प्रदायक कम्पनी हो, जसले मोबाइलमार्फत विभिन्न वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।



Post a Comment

Previous Post Next Post