मोरङ, चैत २६
विश्व स्वास्थ्य दिवस २०२५ को अवसरमा विद्यार्थी कल्याणकारी समितिले पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ हेल्थ साइन्सेस, गोठगाउँमा सप्ताहव्यापी विविध कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष नेशार आलमको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालय, स्कूल अफ हेल्थ साइन्सेस, गोठगाउँका क्याम्पस डाईरेक्टर कविता अधिकारीको प्रमुख आतिथ्यतामा सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकोउदघाटन गर्नु हुदै प्रमुख अतिथि अधिकारीले संकाय सदस्यहरूले मातृ स्वास्थ्य, नवजात शिशुको अधिकार र युवाहरूको भूमिकाबारे जानकारी गराउदै सार्वजनिक स्वास्थ्य क्षेत्रमा युवाको सशक्त सहभागिता अपरिहार्य भएको बताउनु भएको छ ।
यस्तै गरी विद्यार्थी कल्याण समितिका संयोजक नेसार आलमले सप्ताह ब्यापी कार्यक्रम गर्नुको मुख्य उदेश्य स्वास्थ्यको महत्व बुझाउने मात्र नभइ भावी पुस्ताका लागि दिगो स्वास्थ्य प्रणाली निर्माणमा हाम्रो भूमिका स्मरण गराउने अवसर समेत भएको बताउनु भएको छ । यसै गरि विनोद खनालले सप्ताहभरि चल्ने कार्यक्रमको उदेश्य नै जनचेतना अभिवृद्धि गर्नु मात्र नभइ समाजमा सकारात्मक सन्देश र्पुयाउने रहेको जोड दिनु भयो ।
“स्वस्थ सुरुवात, आशाजनक भविष्य” भन्ने नारासहित यो वर्षको दिवस मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित प्रसूति, र महिलाको दीर्घकालीन स्वास्थ्य सुरक्षामा केन्द्रीत रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा योग तथा ध्यान सत्र, रक्तदान कार्यक्रम, चित्र कला, सडक नाटक तथा रील प्रतियोगिता लगायतका सचेतना मुलक क्रियाकलापहरू सम्पन्न गरिएको थियो ।
चैत्त २२ गते योग सत्रबाट सुरु भएको सप्ताहव्यापी विविध कार्यक्रम सोमबार औपचारिक कार्यक्रम गरि समापन गरिएको तथा योग सत्र चैत ३० गते सम्म संचालन रहने कार्यक्रम संचालक समिर परियारले जानकारी दिनु भएको छ ।
Post a Comment